सिजी डिजिटल र एलजी सपमा

काठमाडौं ।
आसन्न तिहार पर्वलाई लक्ष्य गर्दै सिजी डिजिटल र एलजी शपले ‘लुटो लुटो अफर !! स्क्र्याच एन्ड विन इन्स्ट्यान्ट डिस्काउन्ट’ नामक विशेष ग्राहक अभियान सुरु गरेका छन् ।
‘एभरी स्क्र्याच विन्स इन्स्ट्यान्ट डिस्काउन्ट !’ भन्ने आकर्षक अवधारणासहित ल्याइएको यस अफरअन्तर्गत, ग्राहकहरूले एलजी, सिजी, सिजी मेरिडिया, टिसिएल, बेको, ब्ल्याक प्लस डेकर, गोदरेज, सेन्सेई, बर्ली, मिडिया, केन्ट, इलिका, क्रम्पटन, नथिङ (आर) र मोटोरोला जस्ता अग्रणी ब्रान्डका उपकरण खरिदमा ४० प्रतिशतसम्मको छुट प्राप्त गर्न सक्नेछन्। यो योजना कार्तिक ११ गतेसम्म मात्र लागु हुनेछ ।
कम्पनीले ग्राहक सुविधाका लागि पुराना उपकरण साट्ने (एक्सचेन्ज) र शून्य प्रतिशत ब्याजदरमा इएमआई सुविधा पनि उपलब्ध गराएको छ। साथै, सिजी एक्स–इलेक्स प्रणालीमार्फत तत्काल स्वीकृत ‘अन–द–स्पट इएमआई’ सुविधा प्रदान गरिनेछ, जसले खरिद प्रक्रियालाई झन् सहज र तीव्र बनाउने कम्पनीले जनाएको छ ।
कम्पनीका एक प्रतिनिधिले भने, ‘यस अफरमार्फत ग्राहकलाई केवल छुट होइन, हरेक स्क्र्याचमार्फत उत्साह र खुसी प्रदान गर्ने सोचका साथ यो अभियान ल्याएका हौँ ।’ उनले यस अवधिभर ग्राहकहरूले फ्रिज, स्मार्ट टिभी, वासिङ मेसिन, एयर कन्डिसनर, माइक्रोवेभ ओभन, चिम्नी, ज्युसर, कुलर लगायत अत्याधुनिक उपकरणहरू एकै स्थानमा सहज रूपमा खरिद गर्न सक्ने बताए ।
यो योजना सम्पूर्ण सिजी डिजिटल र एलजी शपमा लागू गरिएको छ। देशैभरि सिजी डिजिटलका २० वटा शोरुम र एलजी शपका ७ वटा शोरुम रहेका छन्। तिहारलाई उज्यालो र प्रविधिमैत्री बनाउने उद्देश्यसहित सुरु गरिएको यो अभियानमार्फत कम्पनीले नेपाली परिवारमा आधुनिक जीवनशैली र प्रविधिको सहज पहुँच विस्तार गर्ने लक्ष्य लिएको छ । ग्राहकहरूले देशभरका सिजी डिजिटल र एलजी शप शोरुमहरूमा गएर वा कम्पनीका सामाजिक सञ्जाल प्लेटफर्महरूमार्फत अफरसम्बन्धी थप विवरण प्राप्त गर्न सक्नेछन् ।







‘गाउँघरको माया’ बोलको लोकगीत सार्वजनिक
डब्लुटिएममा सहभागी नेपाली व्यवसायी रुष्ट, पैसा फिर्ता मागे
रत्नशोभा मावि व्यवस्थापन समितिमा तिमिल्सिना
‘जारी २’ र ‘मन बिनाको धन’ प्रदर्शनमा
कास्की सार्दिखोला समाज, कतारद्वारा माछापुच्छ्रे माविमा छात्रवृत्ति वितरण
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सुरु
कास्की जिल्लाभरका जग्गामा किटानी सिफारिस बनाउनुपर्ने
चियासँगै पाकिरहेको मञ्जुको सपना
तपाईको प्रतिक्रिया