साइबर अपराध आरोपमा ओमानबाट २० नेपाली देशनिकाला

काठमाडौं ।
साइबर अपराधमा संलग्न भएको आरोपमा ओमानले २० जना नेपालीलाई देश निकाला गरेको छ । यीमध्ये ११ जना नेपाल आइसकेका छन् भने बाँकी ९ जना यसै साताभित्र स्वदेश फर्कनेछन् ।
ओमानस्थित नेपाली दूतावासका अनुसार केही महिनाअघि ओमान प्रहरीले साइबर अपराधमा संलग्न भएको आशंकामा एकैपटक २६४ जनालाई पक्राउ गरेको थियो, जसमा २० जना नेपाली पनि थिए ।
अदालतको फैसलाअनुसार, अपराध पुष्टि भएकामध्ये दुई जनालाई ६ महिना कैद र ६०० रियाल (करिब २ लाख १० हजार रुपैयाँ) जरिवाना तोकिएको थियो । अन्य १८ जनालाई भने ६ महिना कैद र ३०० रियाल (करिब १ लाख ५ हजार रुपैयाँ) जरिवानाको सजाय सुनाइएको थियो । यी सबै नेपालीले ६ महिनाको कैद भुक्तान गरेपछि ओमानबाट डिपोर्ट गरिएका हुन् । डिपोर्ट गरिएका २० नेपालीमध्ये एक जना महिला छन् ।
दूतावासले जनाएअनुसार, ’सामाजिक सञ्जालमार्फत आकर्षक रोजगारीको झुठो प्रलोभन देखाई ठगी गरेको आरोपमा उनीहरूलाई पक्राउ गरिएको थियो । अहिले यस्तो प्रकारको ठगी निकै बढेको छ, त्यसैले यस्ता प्रलोभनमा नपर्न हामी सबैलाई अनुरोध गर्छौँ ।’
ओमान वैदेशिक रोजगारीका लागि नेपालीहरु ठूलो संख्यामा जाने प्रमुख गन्तव्य देशमध्ये एक हो । हाल ओमानमा २५ हजारभन्दा बढी नेपाली कार्यरत छन्, जसमध्ये ५० प्रतिशतभन्दा बढी महिला छन् ।








केपी ओलीको उदय, चुनाैती र अनुभव
डाडाखेत–राहुघाट प्रसारण लाइन आयोजनाः पाँच वर्षमा ७० प्रतिशतकाम सम्पन्न
एमालेको सचिवमा पद्मा अर्याल निर्वाचित
एमालेको उपाध्यक्षमा पृथ्वीसुब्बा गुरुङ विजयी
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया