पाेखरामा धारिलो हतियार देखाई विदेशी नागरिकमाथि अभद्र व्यवहार गर्ने दुई जना पक्राउ

पोखरा ।
पोखरामा धारिलो हतियार देखाई एकजना जर्मन नागरिकमाथि अभद्र व्यवहार गर्ने दुई जना युवकलाई प्रहरीले पक्राउ गरेको छ।
कास्की कास्कीका प्रहरी नायब उपरीक्षक (डीएसपी ) हरि बहादुर बस्नेतका अनुसार माछापुच्छ्रे गाउँपालिका–८ का २४ वर्षीय नविन बिक र तनहुँको व्यास नगरपालिका ५ का २१ वर्षीय विशाल दर्लामी पक्राउ परेका हुन्।
उनीहरूलाई एक थान खुकुरीसहित पक्राउ गरिएको डिएसपी बस्नेतले जानकारी दिए
घटना आज बिहान करिब ९ बजेतिर पोखरा महानगरपालिका–२२ स्थित अनदु जंगल नजिक सार्वजनिक स्थानमा भएको हो। सो समयमा ६७ वर्षीय जर्मन नागरिक एन्स पिटर मार्टिन एक्लै हिँडिरहेका बेला आरोपित दुई जनाले खुकुरी देखाई हातपात गर्दै अभद्र व्यवहार गरेको प्रहरीले जनाएको छ।
सूचना प्राप्त भएपछि वडा प्रहरी कार्यालय बैदामबाट खटिएको टोलीले तत्कालै घटनास्थल पुगेर दुवैजनालाई नियन्त्रणमा लिएको हो। प्रहरीले उनीहरूबाट बरामद एक थान खुकुरी समेत सार्वजनिक गरेको छ।








१८औं हिसान स्पोर्ट्स मिट सुरु : पहिलो दिन भलिबल र बास्केटबलका प्रतिस्पर्धा
वन कुकुरको वासस्थान सुधारका लागि ताङ्तिङमा २५० केजी प्लास्टिक संकलन
गण्डकीमा ‘मुख्यमन्त्री सुशासन फेलोसिप’ खुल्यो : युवालाई मासिक ३० हजार पारिश्रमिक
सुप्रिम सहकारी ठगी प्रकरण : रवि लामिछानेलाई रिहा गर्न उच्च अदालतको आदेश
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया