संकटमा राष्ट्रिय एकताका लागि दलगत स्वार्थ त्याग्न कांग्रेस नेता गोपालमान श्रेष्ठको आग्रह

पोखरा । नेपाली कांग्रेसका पूर्वउपसभापति गोपालमान श्रेष्ठले राष्ट्र र राष्ट्रियतामाथि संकट परेको बेला पार्टीगत हित तथा पार्टीभित्रका गुटउपगुटबाट माथि उठेर एकजुट हुन आग्रह गरेका छन्।
ललितपुरमा आइतबार पत्रकार सम्मेलन गर्दै पूर्वउपसभापति श्रेष्ठले दलभन्दा माथि उठेर राष्ट्रिय एकताका लागि नेपाली कांग्रेसको नेतृत्वले समस्या समाधानको पहल गर्नुपर्नेमा जोड दिए। उनले राजनीतिक दल लोकतन्त्रका वाहक भएको उल्लेख गर्दै लोकतान्त्रिक व्यवस्थामा राजनीतिक दलको विकल्प नभएको बताए।
श्रेष्ठका अनुसार, कांग्रेसमा शेरबहादुर देउवाले नेतृत्व हस्तान्तरण गरे पनि अरूले त्यस्तो अग्रसरता देखाउन सकेका छैनन्। उनले विगतका आठ राजनीतिक दल मात्रै नभई अब नयाँ राजनीतिक दललाई पनि संवादमा समावेश गरेर अगाडि बढ्नुपर्ने बताए। ‘अग्रजहरूलाई निषेध गरेर पनि राजनीति अगाडि बढ्न सक्दैन, सबैसँग समन्वय गरेर अगाडि बढ्नुपर्छ,’ उनले भने।
पूर्वउपसभापति श्रेष्ठले पार्टीमा नयाँ पुस्तालाई नेतृत्वमा स्थापित गर्न सक्दो सहयोग गर्ने बताए। ‘विगतको असन्तुष्टिको जिम्मेवारी दलहरूले लिनुपर्छ, मुलुक र राष्ट्रियतालाई कसरी अगाडि बढाउने भन्नेमा ध्यान दिनुपर्छ,’ उनले भने। उनले वर्तमान समस्याको समाधान राजनीतिक दलहरूभित्रबाटै गर्नुपर्ने भन्दै निषेधको राजनीति त्यागेर सहकार्य, सहअस्तित्व र संवादमार्फत अगाडि बढ्नुपर्ने बताए।









सिमसार संरक्षणका लागि डेढ दर्जन कानुन र नीति
पोखरा उद्योग वाणिज्य संघका पूर्वमहासचिव अर्जुन पोखरेललाई मातृशोक
सडक महोत्सवको ‘न्यूइयर इभ’ मा आस्मा र एक्स नेपथ्यले तताउने
बचत सुरक्षामा शुभम सहकारीको जोड
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया