पर्यटकले भरिभराउ घान्द्रुक, जानुअघि जानकारी लिन व्यवसायीको आग्रह

पोखरा । पर्यटकीय गाउँ घान्द्रुकमा पर्यटकको चाप ह्वात्तै बढेको छ । तिहार सकिए लगत्तै यहाँ थेगीनसक्नु पाहुना पुगे । पर्यटन व्यवसायीहरूलाई व्यवस्थापन गर्न हम्मेहम्मे प¥यो । शुक्रबार मात्र ३ हजारको हाराहारीमा पर्यटक घान्द्रुक पुगे ।
शुक्रबार घान्द्रुक पुगेका मध्ये ५ सय जति बास नपाएर फर्कनु परेको को घान्द्रुक पर्यटक व्यवस्थापन समितिका अध्यक्ष विक्रम गुरुङले जानकारी दिए । ‘तिहार सकिए लगत्तै पर्यटकको राम्रै चहलपहल छ । सबैभन्दा बढि हिजो ३ हजारको हाराहारीमा पाहुना आएका थिए । केही फर्किए पनि,’ उनले भने, ‘घान्द्रुकमा एकदमै राम्रो छ अहिले चाडबाड सकिएकाले पनि होला ।’
घान्द्रुक भरिभराउ हुँदा पाहुना व्यवस्थापनमा हम्मे हम्मे परेको अध्यक्ष गुरुङको भनाइ थियो । घान्द्रुक जाने योजना बनाएका पाहुनाहरुलाई एकपटक जानकारी लिइ अग्रिम बुकिङ गरेर मात्र आउन उनको आग्रह छ । ‘घुम्न आएका पाहुनाहरूलाई बास छैन भनेर फर्काउन पनि भएन । हामीले मिलाएर त राखेकै छौं,’ अध्यक्ष गुरुङले भने, ‘पाहुनाहरूको सुविधाका लागि उहाँहरू आफैले सिजनको समयमा हामीसँग समन्वय गरेर आउनुभयो भने राम्रो हुन्थ्यो ।’
घान्द्रुकले एक रातमा २ हजार देखि २२ सय पर्यटक राख्ने सक्ने उनले बताए । यसका लागि ६३ वटा होटल र ३७ होमस्टे छन् । यदि पाहुना बढी भएको अवस्थामा गाउँको घरहरूमा व्यवस्थापन गर्न सकिने अध्यक्ष गुरुङले बताए ।





रत्नशोभा मावि व्यवस्थापन समितिमा तिमिल्सिना
‘जारी २’ र ‘मन बिनाको धन’ प्रदर्शनमा
बालबालिकालाई भिटामिन ‘ए’ आज पनि खुवाइँदै
कोरला भन्सारबाट ३ अर्ब बढी राजस्व संकलन
कास्की सार्दिखोला समाज, कतारद्वारा माछापुच्छ्रे माविमा छात्रवृत्ति वितरण
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सुरु
कास्की जिल्लाभरका जग्गामा किटानी सिफारिस बनाउनुपर्ने
चियासँगै पाकिरहेको मञ्जुको सपना
तपाईको प्रतिक्रिया