लेक लागेर मुस्ताङमा तीर्थालुको मृत्यु

समाधान संवाददाता २०८२ कार्तिक ११ गते १५:३६

जोमसोम ।

मुस्ताङमा लेक लागेर एक जना तीर्थालुको मृत्यु भएको छ । मृत्यु हुनेमा ललितपुर उपमहानगरपालिका–१८ भैँसेपाटीस्थित निर्मल स्कुलका कार्यालय सहयोगी ४५ वर्षीय माधव तिमिल्सिना रहेका छन् ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक छिरिङ किप्पा लामाका अनुसार तिमिल्सिना मुक्तिनाथ दर्शन गरी घरपझोङ गाउँपालिका–२ मार्फा पुग्दा अचानक बेहोस भएका थिए ।

Advertisement

उनलाई तत्कालै जोमसोमस्थित प्रदेश अस्पताल भर्ना गरिएको थियो । तिमिल्सिनाको आज मृत्यु भएको हो ।

Advertisement

तपाईको प्रतिक्रिया