सुन चोरी र लुटपाट आरोपमा बागलुङका गोविन्दसहित ५ जना पक्राउ

पोखरा ।
बागलुङका गोविन्द सुनारसहित उपत्यकाका विभिन्न स्थानमा सुनको सिक्री चोरी तथा लुटपाटमा संलग्न ५ जनालाई प्रहरीले पक्राउ गरेको छ। प्रहरीले उनीहरुको साथबाट झन्डै साढे ७ तोला सुन र ५ लाख ५० हजार रुपैयाँभन्दा बढी नगद बरामद गरेको छ।
प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरी टोलीले सिन्धुलीका २८ वर्षीय राज लामा, उदयपुरका २० वर्षीय विशाल भन्ने दुर्गबहादुर मगर, रामेछापका ३२ वर्षीय दिलबहादुर विक, बागलुङका ४० वर्षीय गोविन्द सुनार र कैलालीका २२ वर्षीय दिपेश रसाइलीलाई नियन्त्रणमा लिएको हो। जिल्ला अदालत काठमाडौँबाट चोरी सम्बन्धी कसूर मुद्दामा ८ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार राज लामा सिक्री तान्दा मोटरसाइकल चलाउने व्यक्ति हुन् भने विशाल भन्ने दुर्ग बहादुर मगर मोटरसाइकलको पछाडि बसेर सिक्री तान्ने व्यक्ति हुन्। दिल बहादुर विक लुटिएको सिक्री बिक्री गरी दिने व्यक्ति हुन् र उनको भक्तपुरको सूर्यविनायक नगरपालिका ५ तिनधारेमा डेरा कोठा छ। बागलुङको गल्कोट नगरपालिका २ घर भइ काठमाडौँको बूढानीलकण्ठ नगरपालिका ६ सरस्वती नगरमा बागलुङ कालिका ज्वेलर्स सञ्चालन गर्ने गोबिन्द सुनार र कैलालीको लम्कीचुहा नगरपालिका ७ घर भइ काठमाडौँ महानगरपालिका २२ मा मनु जेम्स एण्ड ज्वलर्स सञ्चालन गर्ने सन्तोष सुनारका छोरा दिपेस रसाईली लुटिएको सामान किन्ने व्यक्ति हुन्।
उनीहरुले ललितपुरको नख्खुडोलबाट १.५ तोलाको सिक्री २०८२ असोज ८ गते चोरी गरेका थिए। त्यसैगरी, काठमाडौँको नागार्जुन नगरपालिका ३ सिङ्गल ट्री नजिकबाट २०८२ असोज २३ गते १ तोला १५ लालको आधा सिक्री, ललितपुरको बुद्धचोकबाट २०८२ असोज २६ गते ३ तोलाको सिक्री, काठमाडौँको नागार्जुन नगरपालिका १ राधाकृष्ण मन्दिर नजिकबाट २०८२ कात्तिक १ गते १ तोलाको आधा सिक्री, रामकोट टेम्पो पार्क नजिकबाट सोही दिन १ तोला २५ लालको आधा सिक्री चोरी गरेका थिए।
यस्तै, काठमाडौँको नागार्जुन नगरपालिका ५ थापाचोक नजिकबाट २०८२ कात्तिक १ गते झोला र सामसुङ कम्पनीको मोबाइल १ थान लुटपाट गरेको र काठमाडौँको तार्केश्वर नगरपालिका बालाजु नेपालटार स्थितबाट २ तोलाको सिक्री चुडालेर लगेको प्रहरीले बताएको छ।
राज लामा र विशाल भन्ने दुर्ग बहादुर मगरको कोठाबाट प्रहरीले सामसुङ कम्पनीका ४ थान मोबाइल, रेडमी कम्पनीका २ थान मोबाइल, आइफोनका ३ थान मोबाइल, इन्फिनिक्स डमी मोबाइल १ थान, नेपाल टेलिकमका ३० थान सिम कार्ड, एनसेलका ३७ थान सिम कार्ड, आइटेलका ३ थान सिम कार्ड, ३ थान मेमोरी कार्ड, मोटरसाइकल चोरी गर्न प्रयोग गर्ने टी २ थान, ना ६२ प २७८४ नम्बरको बिल बुक १ थान, विशाल मगरको नाममा ७.३ लाल लेखिएको लक्ष्मी ज्वेलर्सको सुनको बिल १ थान, को. १५ ४२०८ नम्बरको मोटरसाइकल फाइल १ थान, दुर्गा बहादुर मगर र राज लामाको कारागारबाट थुना मुक्तको लागि आदेश भएको अदालतको फाइल १/१ थान, बा. प्र. ०२-०३७ प ७३१९ नम्बरको २२० सि.सि. को मोटरसाइकल, बा. प्र. ०२-०५१ प ६६३० नम्बरको सुन्तला रङको २०० सि.सि. को मोटरसाइकल, विभिन्न व्यक्तिहरुको सवारी चालक अनुमति पत्र २ थान, राज लामा नामको अदालत तरिक पर्चा १ थान र लुटपाट गर्दा प्रयोग भएका विभिन्न लत्ताकपडाहरु बरामद गरेको छ।
दिल बहादुर बि.क.को सल्लाघारी स्थित लक्ष्मी ज्वेलर्सबाट सिक्री बिक्री गरी ल्याएको ३ लाख ८८ हजार ५ सय रुपैयाँ नगद बरामद भएको छ।
दिपेस रसाईलीको कुलेश्वर स्थित कोठाबाट जम्मा ६४ लाल तौल भएको सुनको ढिक्का ४ थान बरामद गरिएको छ।
गोबिन्द सुनारको कपन स्थित बागलुङ कालिका ज्वेलर्सबाट ९५ लालको सुनको ढिक्का १ थान, १ तोला ६४ लालको सुनको ढिक्का १ थान, जम्मा १ तोला ५८ लालको सुनको सानो सानो ढिक्का ५ थान, ८३ लालको सुनको ढिक्का १ थान, ३९ लालको सुनको ढिक्का १ थान, २ तोला १४ लालको सुनको सिक्री १ थान (जम्मा ७ तोला ४८ लाल सुन) र १ लाख ६६ हजार रुपैयाँ नगद बरामद भएको प्रहरीले जनाएको छ।









पोखरामा सांगीतिक प्रस्तुतिसहित स्वरसम्राटको सम्झना
क्यानका महानिर्देशक अधिकारी जेल चलान, निर्देशक भण्डारीसँग ५ लाख धरौटी
सकियो ३४ औं राष्ट्रिय औद्योगिक व्यापार मेला
संसद् विघटनविरुद्ध एमालेपछि कांग्रेस पनि सर्वोच्चमा, ८ सांसदद्वारा रिट पेस
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया