एनसेलको सिइओमा माइकल नियुक्त

काठमाडौं ।
एनसेलको नयाँ प्रमुख कार्यकारी अधिकृत (सिइओ)मा माइकल फोले नियुक्त भएका छन् । उनको नियुक्ति कात्तिक १५ देखि लागू हुनेछ ।
फोलेको नियुक्तिसँगै कार्यवाहक सिइओका रुपमा कार्यभार सम्हाल्दै आएका सैयद इनामुल कबिरले कम्पनीको प्रमुख वित्तीय अधिकृत (सिएफओ)को भूमिकालाई निरन्तरता दिने छन् । २ दशकभन्दा बढी दूरसञ्चार क्षेत्रमा नेतृत्वको अनुभव बोकेका फोलेले यस क्षेत्रका प्रमुख कम्पनीहरुमा कुशल नेतृत्वका साथ सफलता हाँसिल गरेका उल्लेखनीय रेकर्डहरु छन् ।
यसअघि फोले एयरटेलमा फ्रेन्च अफ्रिकाका प्रमुखको रूपमा कार्यरत रहँदै सातवटा फ्राङ्कोफोन अफ्रिकी बजारहरूको सञ्चालन जिम्मेवारी वहन गरेका थिए । त्यसअघि, उनले टेलिनोर पाकिस्तान (पिपी)का सिइओका रूपमा कार्य गर्दै कठिन व्यावसायिक परिस्थितिमा पनि कम्पनीलाई अगाडि बढाउँदै बजारमा अग्रणी वृद्धि, नाफा, र कर्मचारी संलग्नताका साथ उल्लेखनीय सफलता हाँसिल गरेका थिए ।
फोलेले टामिर माइक्रोफाइनान्स (हालको इजीपैसा, पाकिस्तान)को अध्यक्ष र टेलिनोर हेल्थका अध्यक्षको रूपमा पनि काम गरेका छन् । हाल उनी अफ्रिकाको अग्रणी एसेट माइक्रोफाइनान्स कम्पनी वाटु अन्तर्गतको वाटु डिआरसी एसए अध्यक्षका रुपमा कार्यरत छन् ।
फोलेले भने, ‘काठमाडौंमा एनसेलको यो जिम्मेवारी लिन पाउँदा म अत्यन्त खुसी र सम्मानित महसुस गरिरहेको छु । एनसेल, देशका लागि महत्वपूर्ण पूर्वाधार हो, जसले नेपाली जनताका लागि नयाँ अवसरहरू सृजना गर्दै, डिजिटल रूपान्तरणलाई अघि बढाउने, आर्थिक प्रतिस्पर्धात्मकता बढाउने र विदेशी लगानी आकर्षित गर्ने अपार सम्भावना बोकेको छ ।’
डिजिटल, एआई पावर्ड र सामाजिक सञ्जालको युगमा दूरसञ्चार कम्पनीहरूसेवा प्रदायकमात्र नभई समाजको डिजिटल संरचना बुन्ने भूमिकामा रहनुपर्ने उनको भनाइ छ । फोल म्याकगिल विश्वविद्यालयका स्नातक हुन् र इनसिडबाट उनले ग्लोबल म्यानेजमेन्ट एन्ड गभर्नेन्समा एक्सिक्युटिभ सर्टिफिकेटस् प्राप्त गरेका छन् । उनी क्यानडा, केन्या दुबैका नागरिक हुन् ।
एनसेल सन् २००४ मा स्थापना भई २००५ बाट सेवा प्रदान गर्दै आएको नेपालको पहिलो निजी मोबाइल सेवा प्रदायक कम्पनी हो । स्पेक्ट्रलाइट युके लिमिटेडका साथ एनसेल आम नेपाली उपभोक्तालाई नवीनतम र उत्कृष्ट सेवाहरु प्रदान गर्न प्रतिबद्ध छ ।
२०२३ मा बेलायत स्थित स्पेक्ट्रलाइट युके लिमिटेडले आजियाटा ग्रुप बरहाद अन्तर्गत रहेको आजियाटा युकेबाट रेनल्ड्स होल्डिङ्स लिमिटेडको सय प्रतिशत सेयर स्वामित्व लिएको थियो । रेनल्ड्सको एनसेलमा ८० प्रतिशत स्वामित्व छ । एनसेल नेपालको ठूला करदातामध्ये एक हो । स्थापनापश्चात कम्पनीले हालसम्म विभिन्न कर तथा शुल्कका रूपमा सरकारलाई ३ सय ६० अर्ब रुपैयाँभन्दा बढी तिरिसकेको छ ।







पश्चिमाञ्चल माविमा लायन्स क्लबद्वारा ‘पिस पोस्टर कन्टेस्ट’
गण्डकी प्रदेश अन्तरगतका सहकारीबाट साढे ५ अर्ब हिनामिना
भैरव मन्दिरमा कात्तिक २६ गतेबाट दर्शन र पूजा सुरु हुने
एनसेलमा ‘डेटासँगै जीवन बिमा’ योजना
कास्की सार्दिखोला समाज, कतारद्वारा माछापुच्छ्रे माविमा छात्रवृत्ति वितरण
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सुरु
चियासँगै पाकिरहेको मञ्जुको सपना
जेन–जी आन्दोलनको आगलागीपछि पनि कास्की मालपोतमा ९ क्षेत्रका स्रेस्ता सुरक्षित
तपाईको प्रतिक्रिया