स्याङ्जामा २ हजार मतदाता थपिए

पोखरा ।
स्याङ्जामा २ हजारभन्दा बढी मतदाता थपिएका छन् । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि स्याङ्जामा मतदाता नामावली अध्यावधिक गरिँदै छ ।
सरकारले अध्यादेश ल्याएसँगै दैनिक ४० देखि ५० सम्म फोटो खिचाउनका लागि कार्यालयमा आउने गरेको जिल्ला निर्वाचन कार्यालय स्याङ्जाका प्रमुख श्रीराम थापाले जानकारी दिए । कात्तिक मसान्तसम्म यो काम निरन्तर हुनेछ ।
अघिल्लो चुनावको तुलनामा यो वर्षमा भने मतदाता संख्या घटेको छ । अहिले जिल्लाको मतदाता संख्या २ लाख ४१ हजार ६ सय ९९ रहेकोमा यसअघि २०७९ को चुनावमा २ लाख ४४ हजार ८९ जना थिए ।
यो अवधिमा ४ हजार ४७ जनालाई मतदाताको सूचीबाट हटाइएको थापाको भनाइ छ । मृत्यु भएका ३ हजार ३ सय ४६ जना, दोहोरो नामावली भएका ५ सय ९० जना र नागरिकता त्याग गरेका ११ जना छन् ।
फागुन २१ को चुनावलाई मध्यनजर गरी जिल्ला मतदानस्थल तथा मतदान केन्द्र निर्धारण सिफारिस समितिको बैठक भएको छ । बैठकमा प्रमुख जिल्ला अधिकारी इश्वरीप्रसाद अर्यालले तोकिएको समयमा शान्तपूर्ण रुपमा चुनाव सम्पन्न गर्न सबैले सहयोग गर्न जरुरी रहेको बताए ।
उनले भने, ‘वर्तमान परिस्थितिमा चुनावले मात्रै निकास दिने अवस्था छ, त्यसैले सबैले सहकार्य गरौं ।’
मतदाता नामावलीका लागि फोटोखिच्न जिल्ला निर्वाचन कार्यालयमै जानुपर्ने प्रवाधान छ । देशका जुनसकै जिल्ला निर्वाचन कार्यालयमा गए पनि फोटो खिच्न पाइने थापाले बताए । उनले भने, ‘मतदाताका लागि आफ्नै जिल्लाको निर्वाचन कार्यालयमा पुग्नु पर्दैन जिल्लामा गए पनि सेवा लिन पाइन्छ ।’
जिल्ला निर्वाचन कार्यालय स्याङ्जाले मतदाता नामावली दर्ताका लागि आवश्यक कागजात नेपाली नागरिकताको प्रमाणपत्र, विवाह भई आएमा विवाहको प्रमाणपत्र, बाहिरी जिल्लाकालाई समेतका कागजात आवश्यक पर्ने कार्यालयले जनाएको छ ।









सिमसार संरक्षणका लागि डेढ दर्जन कानुन र नीति
पोखरा उद्योग वाणिज्य संघका पूर्वमहासचिव अर्जुन पोखरेललाई मातृशोक
सडक महोत्सवको ‘न्यूइयर इभ’ मा आस्मा र एक्स नेपथ्यले तताउने
बचत सुरक्षामा शुभम सहकारीको जोड
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
तपाईको प्रतिक्रिया