पोखरामा एमालेले र्याली निकाल्ने

पोखरा ।
संविधानको रक्षा, प्रतिगामी षडयन्त्र र अराजकता विरुद्ध नेकपा (एमाले)ले मोटरसाइकल र्याली निकाल्ने भएको छ । जेन्जी प्रर्दशनको क्रममा भएको आगजनी तोडफोड र लुटपाटको बिरुद्धमा शान्ति सामाजिक सद्भावका कायम गर्नका लागि कात्तिक १५ गते शनिबार मोटर साइकल र्याली निकाल्न लागेको एमाले कास्कीका अध्यक्ष बैनबहादुर अधिकारी क्षत्रीले जानकारी दिए ।
पोखराको सभागृहबाट सुरु हुने र्याली न्युरोड, महेन्द्रपुल, नयाँबजार, पृथ्वीचोक, मुस्ताङचोक, राष्ट्रबैंकचोक, सहिदचोक, लेकसाइड हल्लनचोक, जिरो किमी, सिर्जनाचोक हुँदै सभागृहमा फर्केर समापान हुनेछ । अध्यक्ष अधिकारीले देशमा फैलँदै गएको अराजक प्रवृत्ति, प्रतिगामी कदम र अस्थिरताको प्रयासका विरुद्ध प्रर्दशन गर्न लागेको बताए । उनले संविधान, राष्ट्रियता र जनताको अधिकारको पक्षमा दृढता र एक्यबद्धताको सन्देश दिन र्याली गर्न लागेको उल्लेख गरे ।
एमालेका केन्द्रीय सदस्य कृष्ण थापाले जेन्जी प्रर्दशनपछि एमालेको गतिविधि कार्यकर्ता भेला, बैठकमा सीमित भएको बताए । ‘वर्तमान सरकारका गलत क्रियाकलापका विरुद्ध सार्वजनिक रुपमा शक्ति प्रर्दशन नगरे जनताले पत्याउदैनन्,’ उनले भने, ‘संगठनात्मक गतिविधि र प्रदर्शनले आगामी मसिर २७, २८ र २९ गते पोखरामा गर्ने ११ औं महाधिवेशनलाई सहयोग पुग्नेछ ।’ उनले महाधिवेशन गर्न पार्टी केन्द्रले पोखरालाई विश्वास गरेको चर्चा गरे ।
एमालेका केन्द्रीय सदस्य राजीव पहारीले जेन्जी प्रर्दशनका क्रममा निजी आवास, उद्योग प्रतिष्ठान र सरकारी कार्यालय तोडफोड, आगजनी र लुटपाटको घटनामा संलग्नलाई कारवाही गर्न माग गरे । उनले संविधान र लोकतन्त्रको रक्षाका लागि संघीयता पक्षधर शक्तिहरुलाई साथमा लिएर एमाले अगाडि बढ्ने जानकारी दिए । उनले एमालेले सार्वजनिक सरोकार र जनजीविकाको सवाललाई समेत उठाउने बताए ।
एमाले कास्की उपाध्यक्ष भेषराज बरालले मोटरसाइकल र्यालीलाई व्यवस्थित बनाउनका लागि पार्टीका सबै जनसंगठन, पालिका तथा इलाका कमिटीलाई समेटेर परिचालन कमिटी गठन गरेको जनाए । उनले समन्वय सहजीकरण, प्रचारप्रसार र स्वयंसेवक परिचालन गरी र्यालीलाई आकर्षक बनाउने बताए ।







मुक्तिनाथ नजिकै बनाएको हाइअल्टिच्युड केन्द्र बेकामे
पोखरा बचत सहकारीका बचतकर्तालाई उजुरी दर्ता गर्न प्रहरीको आह्वान
नागरिक समाज कास्कीले माग्यो सर्वपक्षीय राजनीतिक सम्मेलन
महायज्ञ सुरु नहुँदै मानव सेवा आश्रमलाई उल्लेख्य दाता
कास्की सार्दिखोला समाज, कतारद्वारा माछापुच्छ्रे माविमा छात्रवृत्ति वितरण
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सुरु
कास्की जिल्लाभरका जग्गामा किटानी सिफारिस बनाउनुपर्ने
चियासँगै पाकिरहेको मञ्जुको सपना
तपाईको प्रतिक्रिया