आदर्श सहकारीमा सूर्यप्रसाद बराल

पोखरा । आदर्श बचत तथा ऋण सहकारी संस्था लिमिटेड पोखरा १३, आर्वाको शुक्रबार भएको १८ औँ वार्षिक साधारण सभा तथा सातौँ अधिवेशनले सूर्यप्रसाद बरालको अध्यक्षतामा ९ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको छ ।
संस्थाको उपाध्यक्षमा लक्ष्मी सुवेदी बराल, सचिवमा घनश्याम बराल तथा कोषाध्यक्षमा श्रीप्रसाद बराल चयन भए । त्यसैगरी कार्यसमिति सदस्यहरूमा विष्णुप्रसाद बराल, भोजराज बराल, रामप्रसाद बराल, शर्मिला बराल र चन्द्रा पराजुली चयन भए । यसैगरी संस्थाको लेखा सुपरिवेक्षण समितिको संयोजकमा कृष्णराज बराल एवं सदस्यहरूमा तारानाथ सिग्देल र बिष्णुप्रसाद बराललाई सर्वसम्मत छनौट गरियो । अधिवेशनमा संस्थाको सल्लाहकार समिति एवं विभिन्न उपसमितिहरू समेत सर्वसम्मत गठन गरिएको थियो । अधिवेशनमा रामशरण बरालको संयोजकत्वमा ऋषिराम सिग्देल र बेदनाथ बराल सदस्य रहेको ३ सदस्यीय निर्वाचन समिति गठन गरिएको थियो ।
अधिवेशनको उद्घाटन गर्दै संस्थापक अध्यक्ष कृष्णप्रसाद बरालले २०६४ सालमा सहकारी स्थापना गर्दा झोला बोकेर रकम संकलन गरेको स्मरण गर्दै आज आदर्श सहकारीले जुन उचाइ कायम गरेको छ, त्यो देख्दा आफूलाई निकै खुसी लागेको बताए । उनले भने, ‘हरेक सहकारीहरू अहिले प्रतिस्पर्धात्मक रूपमा अगाडि बढिरहेको आफूले बुझेको छु । सरकारी नियम, कानुन, नीति तथा निर्देशिका अनुरूप सहकारीहरू सञ्चालन हुनुपर्छ ।’ उनले शेयर सदस्यहरूको बचत र आर्थिक कारोबारलाई सुरक्षित गर्दै अगाडि बढाउन सामूहिक ऐक्यबद्धताको खाँचो रहेको औँल्याए ।
आदर्श बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष राजेन्द्रप्रसाद बरालको अध्यक्षतामा भएको कार्यक्रममा सल्लाहकार रामशरण बराल, प्रचारप्रसार उपसमिति संयोजक श्रीराम सिग्देल, शेयर सदस्य तारादेवी बराल लगायतले शुभकामना मन्तव्य व्यक्त गरे । उपाध्यक्ष लक्ष्मीदेवी देवकोटाले स्वागत, सचिव सूर्यप्रसाद बरालले कार्यक्रम सञ्चालन तथा शिक्षा उपसमिति संयोजक घनश्याम बरालले सहकारीका सात सिद्धान्त वाचन गरेका थिए ।
अधिवेशनमा अध्यक्ष राजेन्द्रप्रसाद बरालले प्रस्तुत गरेको वार्षिक प्रतिवेदन, कोषाध्यक्ष बसन्तराज बरालको आर्थिक प्रतिवेदन तथा लेखा सुपरिवेक्षण समितिका संयोजक कृष्णराज बरालले पेस गरेको लेखा प्रतिवेदनलाई सर्वसम्मत पारित गरियो ।
कार्यक्रममा सहकारीले हरेक वर्ष प्रदान गर्दै आएको उत्कृष्ट बचत तथा कारोबारी पुरस्कार यस वर्ष शुशीला कार्की र तिलकुमारी केसी (उत्कृष्ट बचत तर्फ) देवका बराल, उत्कृष्ट कर्मचारी रमा अधिकारी, सेयर सदस्यका छोराछोरीमध्ये कक्षा १२ मा उत्कृष्ट अंक ल्याउने सामुदायिक तर्फ समिर कुइँकेल तथा संस्थागत तर्फ प्रसान्त बराल एवं ८४ वर्ष पुगेका जेष्ठ नागरिक गंगादेवी बराललाई नगद पुरस्कारसहित सम्मान गरियो ।







रत्नशोभा मावि व्यवस्थापन समितिमा तिमिल्सिना
‘जारी २’ र ‘मन बिनाको धन’ प्रदर्शनमा
बालबालिकालाई भिटामिन ‘ए’ आज पनि खुवाइँदै
कोरला भन्सारबाट ३ अर्ब बढी राजस्व संकलन
कास्की सार्दिखोला समाज, कतारद्वारा माछापुच्छ्रे माविमा छात्रवृत्ति वितरण
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सुरु
कास्की जिल्लाभरका जग्गामा किटानी सिफारिस बनाउनुपर्ने
चियासँगै पाकिरहेको मञ्जुको सपना
तपाईको प्रतिक्रिया