कामना बैंकको नाफा झन्डै २० करोड

पोखरा ।
कामना सेवा विकास बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा १९ करोड ७६ लाख रुपैयाँ खुद नाफा कमाएको छ । बैंकको अपरिष्कृत वित्तीय विवरणअनुसार असोज मसान्तसम्ममा बैंकले ६३ अर्ब ७८ करोड रुपैयाँ निक्षेप संकलन गरेको छ । सोही अवधिमा बैंकले ५३ अर्ब ४५ करोड रुपैयाँ कर्जा प्रवाह गरेको जनाएको छ ।
बैंकको कुल सम्पत्ति ७१ अर्ब ६३ करोड रुपैयाँ पुगेको छ । यसको कर्जा निक्षेप अनुपात ८६.३५ प्रतिशत छ । बैंकको निष्कृय कर्जा अनुपात ४.४१ प्रतिशत रहेको वित्तीय विवरणमा उल्लेख छ ।
कामना सेवा विकास बैंकले हालै ‘डोरस्टेप बैंकिङ’ सेवा सुरु गरेको छ । यो सेवाअन्तर्गत ग्राहकले घरमै बसेर डिजिटल प्रविधिमा आधारित बैंकिङ सेवा पाउन सक्नेछन् । बैंकका अनुसार यो नेपालको बैंकिङ इतिहासमै नौलो उत्पादन हो ।
यसअघि, बैंकको १९ औँ वार्षिक साधारणसभाले आर्थिक वर्ष २०८१/८२ को सञ्चित नाफाबाट सेयरधनीलाई १५.७८९५ प्रतिशत लाभांश दिने प्रस्ताव स्वीकृत गरेको थियो ।







मुक्तिनाथ नजिकै बनाएको हाइअल्टिच्युड केन्द्र बेकामे
पोखरा बचत सहकारीका बचतकर्तालाई उजुरी दर्ता गर्न प्रहरीको आह्वान
नागरिक समाज कास्कीले माग्यो सर्वपक्षीय राजनीतिक सम्मेलन
महायज्ञ सुरु नहुँदै मानव सेवा आश्रमलाई उल्लेख्य दाता
कास्की सार्दिखोला समाज, कतारद्वारा माछापुच्छ्रे माविमा छात्रवृत्ति वितरण
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सुरु
कास्की जिल्लाभरका जग्गामा किटानी सिफारिस बनाउनुपर्ने
चियासँगै पाकिरहेको मञ्जुको सपना
तपाईको प्रतिक्रिया