गोरखाको तातोपानीमा सेना र सशस्त्रको सफल उद्धार: पहिरोमा फँसेका ३५ पर्यटक सकुशल
समाधान संवाददाता
२०८२ कार्तिक १६ गते १८:४५

गोरखा । गोरखा जिल्लाको धार्चे गाउँपालिका–३, तातोपानी ईलाकामा पहिरोका कारण अलपत्र परेका ३५ जना पर्यटकलाई नेपाली सेना र सशस्त्र प्रहरीको संयुक्त टोलीले सकुशल उद्धार गरेको छ।
गोरखाको सामा गाउँबाट माछीखोलातर्फ आउँदै गरेका २० जना विदेशी र १५ जना नेपाली गरी कूल ३५ जना पर्यटक बाटोमा पहिरो खसेपछि तातोपानीमा रोकिएका थिए।
उद्धारबारे जानकारी प्राप्त हुनासाथ नेपाली सेना र सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा वेश आरुघाटबाट खटिएको टोलीले तत्काल घटनास्थल पुगी उनीहरूको उद्धार गरेको हो। उद्धार गरिएका सबैलाई माछीखोलातर्फ पठाइएको छ। सशस्त्र प्रहरीका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाका अनुसार उद्धार गरिएका सबै पर्यटकको अवस्था सामान्य रहेको छ।
सम्बन्धित








सामुदायिक सेवा केन्द्रलाई सहयोग
‘विद्यार्थीलाई साइबर अपराधबाट जोगाऔं’
कृषिबाट पर्यटनतर्फ ठिनी
चिप्लेढुंगामा केएफसी सञ्चालन
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
तपाईको प्रतिक्रिया