मुक्तिनाथ विकास बैंक अब वाणिज्य बैंक बन्ने, सेयरधनीलाई १८.२०% लाभांश

पोखरा । मुक्तिनाथ विकास बैंक अब वाणिज्य बैंकमा स्तरोन्नति हुने भएको छ। हालै पोखरामा सम्पन्न बैंकको १९औँ वार्षिक साधारणसभाले यो महत्त्वपूर्ण प्रस्ताव पारित गरेको हो।
अध्यक्ष खिम प्रकाश मल्लको अध्यक्षतामा बसेको साधारणसभाले बैंकको चुक्ता पुँजी ९ अर्ब ३ लाख रुपैयाँ पुर्याउने र वाणिज्य बैंकमा स्तरोन्नति हुने प्रस्तावलाई अनुमोदन गरेको छ। अध्यक्ष मल्लका अनुसार, पुँजी वृद्धिका लागि प्रबन्धपत्र संशोधन गरिनेछ र नेपाल राष्ट्र बैंकले तोकेको प्रावधानअनुसार वाणिज्य बैंकमा स्तरोन्नतिको प्रक्रिया अगाडि बढाउन सञ्चालक समितिलाई अख्तियारी दिइएको छ।
साधारणसभाले आर्थिक वर्ष २०८०/०८१ को वार्षिक प्रतिवेदन पारित गर्दै सेयरधनीहरूलाई १८.२० प्रतिशत लाभांश दिने प्रस्तावसमेत स्वीकृत गरेको छ। यसमध्ये १३.५३ प्रतिशत बोनस सेयर र बाँकी ४.६७ प्रतिशत नगद लाभांश (बोनस सेयर र नगद लाभांशको करसहित) रहेको छ।








राष्ट्रियसभा चुनाव : उम्मेदवारले साढे ३ लाखसम्म खर्च गर्न पाउने, कुन शीर्षकमा कति ?
वालिङमा गजल उत्सव : गुरुप्रसाद ढकालको ‘रात्री आकाश’ सार्वजनिक
न्यानो कपडा र स्टेसनरी सहयोग
माछापुच्छ्रेका प्रअ आचार्यलाई ५० हजारको पुरस्कार
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया