विभागीय पुस्तकालयमा आख्यानकार सुब्बा

समाधान संवाददाता २०८२ कार्तिक १८ गते ६:२७

पोखरा ।

Advertisement

पृथ्वीनारायण क्याम्पस, नेपाली विभागको विभागीय पुस्तकालयमा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजकी बोर्ड अफ ट्रस्टी तथा दार्जिलिङ निवासी आख्यानकार विन्द्या सुब्बाले विभागीय पुस्तकालयमै उपस्थित भएर साहित्यसित सम्बन्धित विभिन्न विधाका पुस्तकहरू हस्तान्तरण गरिन् ।

विभागीय पुस्तकालयले आयोजना गरेको पुस्तक हस्तान्तरण तथा स्वागत कार्यक्रममा विभागीय प्रमुख डा.यमनाथ तिमिल्सिनाले अतिथिलाई शब्द तथा खादाले स्वागत गरेका थिए । त्यसपछि आख्यानकार सुब्बाले नेपाली विभागको विभागीय पुस्तकालय त साहित्यकारहरूका निम्ति सितल छहारी बनेको कुरा व्यक्त गरिन् । यस्तो संस्थामा आएर विद्वत्जनसँग अन्तक्र्रियामा सहभागी हुन पाउँदा गौरव अनुभव भएको विचार प्रस्तुत गरिन् ।

Advertisement

उक्त कार्यक्रममा डा.पुण्यप्रसाद शर्मा, डा.श्रीधर न्यौपाने, निर्मल सापकोटालगायतका प्राध्यापक र विद्यार्थीहरूको उपस्थिति रहेको थियो भने आख्यानकार विन्द्या सुब्बाको साहित्यिक योगदानका बारेमा प्रा.डा.कुसुमाकर न्यौपानेले प्रकाश पारेका थिए ।

Advertisement

तपाईको प्रतिक्रिया