सामसङको ग्यालेक्सी एस २५ एफई सार्वजनिक

काठमाडौँ ।
सामसङ नेपालले सिर्जना र खेलका नयाँ तरिका घोषणा गर्दै ग्यालेक्सी एस २५ एफई सार्वजनिक गरेको छ । प्रिमियम एआई अनुभव र एआई–सञ्चालित रचनात्मकताका साथ यो फोन बजारमा आएको हो । विशेषगरी युवा प्रोफेसनल र कन्टेन्ट क्रिएटरहरुलाई लक्षित गरी ल्याइएको यस डिभाइसले ९९ हजार ९९९ रुपैयाँ (८ जिबी/२५६ जिबी) मा उपलब्ध हुने कम्पनीले जनाएको छ ।
नयाँ ग्यालेक्सी एस २५ एफईले व्यक्तिगत अन्तर्दृष्टि र निर्बाध बहु–मोडल अन्तरक्रियाहरू प्रदान गर्दछ, जुन नक्स इनहान्स्ड इन्क्रिप्सन प्रोटेक्सनद्वारा सुरक्षित गरिएको छ । ग्यालेक्सी एआई र वन युआई ८ द्वारा सञ्चालित यो फोनले भ्वाइस, टच र भिजुअल अन्तक्र्रियामार्फत सहज अनुभव प्रदान गर्छ । रियल–टाइम भर्चुअल सहायताको लागि जेमिनी लाइभ, व्यक्तिगत अपडेटका लागि नाउ बार र नाउ ब्रिफ, र अन–स्क्रिन जवाफका लागि सर्कल टु सर्च जस्ता सुविधाहरूले दैनिक कार्यहरूलाई स्मार्ट र छिटो बनाउँछ ।
एआई–संचालित प्रोभिजुअल इन्जिन र अपग्रेड गरिएको १२ एमपी फ्रन्ट क्यामेराका साथै सुपर एचडीआर मार्फत फोटो र भिडियोहरूमा स्पष्ट रंगका साथ आश्चर्यजनक सेल्फीहरू खिच्न सकिने कम्पनीले बताएको छ । यसमा जेनेरेटिभ एडिट, पोट्र्रेट स्टुडियो, इन्स्ट्यान्ट स्लो–मो, र अडियो इरेजर जस्ता फिचरहरूले फोटो र भिडियो एडिटलाई सहज बनाउँछन् ।
अवरोधहरु हटाउनेदेखि अडियोलाई परिष्कृत गर्ने र इमर्सिभ स्लो–मोशन क्लिपहरू सिर्जना गर्न सकिन्छ । अटो ट्रिमको साथ स्वचालित रूपमा उत्कृष्ट भिडियो क्षणहरू पनि चयन गर्छ, जसले कन्टेन्ट क्रिएसनलाई पहिलेभन्दा स्मार्ट र सजिलो बनाउँछ ।
ग्यालेक्सी एस २५ एफईमा ४५ वाटको फास्ट चार्जिङ र एफिसियन्ट कुलिङका लागि भेपर चेम्बरसहित ४ हजार ९ सय एमएएच ब्याट्री छ । यसले स्ट्रिमिङ, मल्टीटास्किङ र क्रिएटिभ कार्यका लागि सहज कार्यसम्पादन सुनिश्चित गर्दछ । १२० हर्ज रिफ्रेस दरको साथ ६.७ इन्चको डायनामिक एमओएलईडी २ एक्स डिस्प्लेले आश्चर्यजनक भिजुअल्स प्रदान गर्दछ ।
सामसङ नेपालका एमएक्स डाइरेक्टर प्रणय रत्न स्थापितले भने, ‘हाम्रो लक्ष्य सधैं फ्ल्यागशिप इनोभेसन सबैका लागि उपलब्ध गराउनु हो । ग्यालेक्सी एस २५ एफईले यही भिजन लाई स्पष्ट रूप दिएको छ — जहाँ उन्नत एआई क्षमताहरू, उत्कृष्ट क्यामेरा परफर्मेन्स र सहज ग्यालेक्सी इकोसिस्टम कनेक्टिभिटी एकैसाथ अनुभव गर्न सकिन्छ ।’
सामसङ इन्स्टा फाइनान्स (हुलास फिनसर्भ हायर पर्चेज लिमिटेडद्वारा सञ्चालित) मार्फत ग्राहकहरूले ग्यालेक्सी एस २५ एफई लगायतका नयाँ सामसङ डिभाइसहरूलाई शून्य प्रतिशत ब्याजदरमा सजिलो ईएमआई प्लानमा प्राप्त गर्न सक्छन् ।







रत्नशोभा मावि व्यवस्थापन समितिमा तिमिल्सिना
‘जारी २’ र ‘मन बिनाको धन’ प्रदर्शनमा
बालबालिकालाई भिटामिन ‘ए’ आज पनि खुवाइँदै
कोरला भन्सारबाट ३ अर्ब बढी राजस्व संकलन
कास्की सार्दिखोला समाज, कतारद्वारा माछापुच्छ्रे माविमा छात्रवृत्ति वितरण
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सुरु
कास्की जिल्लाभरका जग्गामा किटानी सिफारिस बनाउनुपर्ने
चियासँगै पाकिरहेको मञ्जुको सपना
तपाईको प्रतिक्रिया