मंसिर १ गतेदेखि दल दर्ता
समाधान संवाददाता
२०८२ कार्तिक १९ गते ११:२४

काठमाडौं ।
निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने निर्वाचनको कार्यतालिका स्वीकृत गरेको छ । आयोगले आज एउटा विज्ञप्ति जारी गर्दै मंसिर १ देखि १० गतेसम्म दल दर्ता गर्ने कार्यक्रम तय गरेको हो ।
आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार, पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीका लागि माघ २ गते निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिनेछ । यसैगरी, फागुन ३ देखि १८ गतेसम्म प्रचारप्रसारको समय तोकिएको छ भने फागुन १९ गतेदेखि मौन अवधि सुरु हुनेछ । मतदान फागुन २१ गते बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म हुने आयोगले जनाएको छ ।
समानुपातिक निर्वाचनका लागि मंसिर १५ गते निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिनेछ । दलहरूले पुस १८ र १९ गते समानुपातिक बन्द सूची पेस गर्ने कार्यतालिका छ ।
सम्बन्धित








रास्वपा र बालेनबीच पार्टी एकता : रवि सभापति, बालेन भावी प्रधानमन्त्रीको उम्मेदवार
चलचित्र पत्रकार संघ कास्कीको अध्यक्षमा सन्तोष बस्याल सर्वसम्मत
माझठानाका ९ प्रतिभा सम्मानित
नेतृत्व र सांस्कृतिक ज्ञान लिँदै मिस तामाङका प्रतिस्पर्धी
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया