केन्द्रीय समितिको बैठकमा मुख्यमन्त्री पाण्डे
‘फागुन २१ मा चुनाव हुन्छ, गराउनुपर्छ’

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकमा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र पाण्डेले फागुन २१ मा नै चुनाव हुने सरकारी रिपोर्टहरू आइरहेको भन्दै पार्टीले यथार्थमा टेकेर अघि बढ्नुपर्नेमा जोड दिएका छन् । उनले कांग्रेसले चुनाव हुँदैन भन्ने निष्कर्षमा पुग्न नहुने धारणा राखे ।
बैठकमा बोल्दै मुख्यमन्त्री पाण्डेले भने, ’चुनाव हुन्छ कि हुँदैन भन्ने प्रश्न छ । केही अन्तक्र्रिया भइरहेको छ–प्रधानमन्त्रीदेखि सबैसँग । तर चुनावै हुँदैन नभनौँ । सरकारी रिपोर्टहरू अनुसार हेर्दा फागुनमा हुने संकेत छ ।’
उनले पार्टीले चुनाव र अधिवेशन दुवैलाई सँगै अघि बढाउने स्पष्ट योजना बनाउनुपर्ने बताए । पाण्डेले भने, ‘चुनाव मात्रै पनि म भन्दिन । अधिवेशन पनि गर्नुपर्ने छ । अधिवेशन भनेर चुनाव इग्नोर गर्ने, वा चुनाव भनेर अधिवेशन इग्नोर गर्ने गरी अघि बढ्न सकिँदैन ।’
कांग्रेसभित्र मतभेद हुनु स्वाभाविक भए पनि त्यसलाई संस्थागत निर्णयमा परिणत गर्न सामूहिक सहमति आवश्यक रहेको पाण्डेको भनाइ छ । उनले भने, ‘विचार आफ्ना आफ्ना हुन्छन्, तर अन्धभक्त हुन हुँदैन । त्यस्तो हुन्थ्यो भने सबै केपी ओलीको पार्टीमा पुगिसक्थे, किनभने त्यहाँ ओलीले जे भन्छन् त्यही हुन्छ ।’
नेता पाण्डेले कांग्रेस अहिले राष्ट्रिय राजनीतिको एजेन्डाबाट किनारा लाग्दै गएको महसुस भएको बताए । उनले पार्टीले अब देशलाई नेतृत्व दिन सक्ने स्पष्ट दिशा तय गर्नुपर्ने समय आएको तर्क गरे ।
अधिवेशन र टिकट वितरणबारे कुरा गर्दै उनले पार्टीभित्र आन्तरिक प्रतिस्पर्धा र मनमुटाबलाई न्यून बनाउन सुझाव दिए । पाण्डेले भने, ‘अधिवेशन गरेर नयाँ नेतृत्वमा आएर टिकट बाँड्छु भन्ने सोच नराखौँ । अहिले पहिलेको जस्तो मारामार गरेर टिकट बाँड्नुपर्ने अवस्था छैन ।’
पाण्डेले पार्टीमा असहमति राख्नेहरूलाई विभाजनको नजरले नहेर्न पनि आग्रह गरे । उनले जोड दिए, ’हस्ताक्षर गर्ने र नगर्ने साथीहरूलाई छुट्याएर हेर्नु ठिक होइन । नगर्नेलाई टिकट दिँदैन भन्ने सोच नलिऔँ ।’
४५ वर्षदेखि कांग्रेस राजनीतिमा सक्रिय रहेका पाण्डेले सबैलाई समेटेर जानुपर्ने बताएका छन् । उनले भने, ‘४५ वर्ष भयो कांग्रेस राजनीतिमा लागेको । यस पटक उत्साहित नबनौँ, नआत्तिऔँ । सबैलाई समेट्ने बाटो खोजौँ ।’







मनाङको हिउँमा बेपत्ता भारतीय २ पर्यटकको शव भेटियो, उनीहरु बाबुछोरी रहेको पुष्टी
बागलुङ नगरका सडक कालोपत्र र ढलान सुरु
माछापुच्छ्रे हिमाल
पोखरामा विद्युतीय तार भूमिगतको काममा ६० प्रतिशत प्रगति
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
मन लोभ्याउने पुनहिल
तपाईको प्रतिक्रिया