रत्नशोभा मावि व्यवस्थापन समितिमा तिमिल्सिना

लेखनाथ । पोखरा महानगरपालिका वडा नम्वर २८ माझठानामा रहेको रत्नसोभा माध्यमिक विद्यालय व्यवस्थापन समितिमा पुन कृष्णप्रसाद तिमिल्सिना चयन भएका छन् ।
पोखरा २८ शिक्षासमितिका संयोजक तथा वडाअध्यक्ष श्रीकृष्ण लामिछानेको अध्यक्षतामा भएको बैठकले तिमिल्सिनालाई चयन गरेकाे हो ।
प्रहरी सेवामा लामो अनुभव संगाल्दै पूर्व प्रहरी लेखनाथ ईकाइको अध्यक्ष, पूर्व प्रहरी प्रदेश कमिटीको सदस्य, लायन्स क्लवको विभिन्न तहमा पुगेका, लेखनाथ उद्योग वाणिज्य संघको कार्यसमिति सदस्य तिमिल्सिनाले यस अघि पनि विद्यालय ब्यवस्थापन समितिको जिम्मेवारी सम्हाली सकेका छन् ।
सर्वसम्वत रुपमा चयन भएको नौं सदस्यीय समितिको सदस्यहरुमा जनप्रतिनिधीको तर्फबाट वडाअध्यक्ष श्रीकृष्ण लामिछाने, अभिभावकहरुको तर्फबाट सन्तोष बास्तोला, अनिता भुर्तेल, रामचन्द्र तिवारी, मुना लामिछाने, महोश्वर अधिकारी, शिक्षक प्रतिनिधीमा पूर्णबहादुर खत्री र सदस्य सचिवमा विद्यालयका प्रधानध्यापक किरणबाबु न्यौपाने छन् ।
बैठकले मंगलबहादुर नेपालीको अध्यक्षतामा शिक्षक अभिभावक संघको पनि गठन गरेको छ । जसको सदस्यमा गोविन्दप्रसाद लामिछाने, हरिमाया गुरुङ, विरेन्द्र लामिछाने र निर्मला परियार रहेको विद्यालयका शिक्षक ऋषिराम रानाभाटले जानकारी दिए ।







पश्चिमाञ्चल माविमा लायन्स क्लबद्वारा ‘पिस पोस्टर कन्टेस्ट’
गण्डकी प्रदेश अन्तरगतका सहकारीबाट साढे ५ अर्ब हिनामिना
भैरव मन्दिरमा कात्तिक २६ गतेबाट दर्शन र पूजा सुरु हुने
एनसेलमा ‘डेटासँगै जीवन बिमा’ योजना
कास्की सार्दिखोला समाज, कतारद्वारा माछापुच्छ्रे माविमा छात्रवृत्ति वितरण
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सुरु
चियासँगै पाकिरहेको मञ्जुको सपना
जेन–जी आन्दोलनको आगलागीपछि पनि कास्की मालपोतमा ९ क्षेत्रका स्रेस्ता सुरक्षित
तपाईको प्रतिक्रिया