अल्फा बोर्डिङ स्कुलमा अन्तरसदनात्मक हाजिरीजवाफ

पोखरा । पोखरा १६, लामाचौरस्थित अल्फा बोर्डिङ स्कुलले सहक्रियाकलापअन्तर्गत कार्तिक २१ गते शुक्रबार अन्तरसदनात्मक हाजिरीजवाफ प्रतियोगिता सम्पन्न गरेको छ ।
उक्त कार्यक्रममा माध्यमिक तहमा ४ र प्राथमिक तहमा चार गरी विभिन्न सदनको सहभागिता थियो ।
विद्यालयका संस्थापक तथा सह–प्राचार्य कृष्ण लम्सालले दिएको जानकारीअनुसार, माध्यमिक तहको प्रतियोगितामा जुगल सदनका साकार ढकाल, प्रवेश पोख्रेल, सुमन थापा मगर र रिहाना थापाको समूह प्रथम भयो । सैपाल सदनका प्रकृति अधिकारी, अंकित पुन, आख्यान गौतम र सुजल बाँस्तोलाको समूहले द्वितीय स्थान हासिल गर्यो । आधारभूत तहमा भने सैपाल सदनका जोयल भण्डारी, मेलिसा तामाङ, प्रज्ज्वल छन्त्याल, आयान गौतम र अनुस्का अधिकारीको समूह प्रथम भयो । कञ्चनजङ्घा सदनका प्रसिद्धि गुरुङ, अंकिता गौतम, रिदम शाही, समिप थापा र उल्सन मगरको समूहले द्वितीय स्थान हासिल गर्न सफल भयो ।
उक्त कार्यक्रममा बोल्दै विद्यालयका संस्थापक प्राचार्य सुरेन्द्र मानसिंह भण्डारीले यस्ता कार्यक्रमले विद्यार्थीलाई पढाइमा थप उत्प्रेरणा मिल्ने बताए । उनले विद्यार्थीहरूलाई आगामी दिनमा थप उत्साहित हुँदै विद्यालयका कार्यक्रममा सहभागिताका लागि उत्प्रेरित पनि गरे । शुक्रबार आयोजित हाजिरीजवाफ कार्यक्रमको सञ्चालन माध्यमिक तहतर्फ विज्ञान शिक्षक नवीन भण्डारी र आधारभूत तहतर्फ विज्ञान शिक्षक सन्दीप विकले गरेका थिए ।







अमरज्योति आधारभूत विद्यालयको स्वर्ण जयन्तीमा महायज्ञ
विश्वासको मत नपाउने भएपछि मधेशका मुख्यमन्त्री सोनलद्वारा राजीनामा
पत्रकार सापकोटाको ‘ज्ञानिका’ लोकार्पण
सुरजको रचना र विनोदको गायनको गीत ‘यहीँ दुःख गरम्ला…’ को म्युजिक भिडियो सार्वजनिक
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सुरु
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
तपाईको प्रतिक्रिया