विश्वासको मत नपाउने भएपछि मधेशका मुख्यमन्त्री सोनलद्वारा राजीनामा

समाधान संवाददाता २०८२ कार्तिक २२ गते १८:२३

काठमाडौं । मधेश प्रदेशका मुख्यमन्त्री जितेन्द्र सोनलले विश्वासको मत नपाउने निश्चित भएपछि पदबाट राजीनामा दिएका छन्। उनले सभामुख रामचन्द्र मण्डलसमक्ष राजीनामा बुझाएका हुन्।

Advertisement

आजै प्रदेशसभामा मुख्यमन्त्रीले विश्वासको मत लिने कार्यक्रम तय भएको थियो र यसका लागि प्रदेशसभा बैठक पनि डाकिएको थियो। तर, विश्वासको मत प्राप्त नहुने देखिएपछि मुख्यमन्त्री सोनल प्रदेशसभा बैठकबाट बाहिरिएका थिए।

Advertisement

तपाईको प्रतिक्रिया