कर्मचारी सहकारी संस्थामा पदमबहादुर घिमिरे
समाधान संवाददाता
२०८२ कार्तिक २३ गते ६:१४

पोखरा । कर्मचारी सहकारी संस्था लिमिटेडको १८ औँ वार्षिक साधारण सभा तथा अधिवेशन शनिबार सम्पन्न भएको छ। गण्डकी प्रदेशको कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयका सचिव बासुदेव रेग्मीको प्रमुख आतिथ्यमा उद्घाटन समारोह सम्पन्न भएको हो।
अधिवेशनले नयाँ सञ्चालक समिति र लेखा सुपरिवेक्षण समिति सर्वसम्मत रूपमा चयन गरेको छ। सञ्चालक समितिको अध्यक्षमा पदमबहादुर घिमिरे, उपाध्यक्षमा सुरेशकुमार श्रेष्ठ, सचिवमा डिल्लीराम रेग्मी र कोषाध्यक्षमा गोपाल शर्मा निर्वाचित भएका छन्। समितिका सदस्यहरूमा सुमन शर्मा, चित्रा ढकाल, शिवराज बराल र केदार धमला रहेका छन्।
त्यसैगरी, लेखा सुपरिवेक्षण समितिको संयोजकमा हेरम्ब पौडेल चयन भएका छन् भने सदस्यहरूमा सीता बराल र धनराज पराजुली रहेका छन्।

सम्बन्धित








निर्वाचन ६९ दिन बाँकी : प्रतिनिधिसभा चुनावमा क–कसलाई लाग्छ आचारसंहिता ?
पोखरामा रनिङ शिल्ड र मेयर कपको चटारो: पदक जित्न विद्यार्थीबिच तीव्र प्रतिष्पर्धा
पोखराको सुन्तला ब्रान्डिङ गर्न हर्राबोटमा महोत्सव, किसानलाई प्रतिकिलो १० रुपैयाँ अनुदान
महाकालेश्वर मार्ग टोल विकासको अध्यक्षमा हेमराज चालिसे
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
तपाईको प्रतिक्रिया