तामाङ सुन्दरीको ट्यालेन्ट सो

समाधान संवाददाता
पोखरा
बैदाम तामाङ सेवा समाजको आयोजनामा हुन लागेको मिस तामाङ २०२० का प्रतिस्पर्धीबीच शनिबार ट्यालेन्ट राउन्ड भएको छ । सोनाम ल्होसारको अवसरमा समाजले ७ औं ल्होसार महोत्सव तथा चौंथो मिस तामाङ पोखरा आयोजना गर्दै छ ।
ट्यालेन्ट राउन्डमा प्रतियोगीले कविता, गायन, नृत्य तथा भाषणकलामार्फत आफ्नो प्रस्तुति राखेका थिए । ट्यालेन्ट राउन्डमा निर्णायक नेपाल तामाङ महिला घेदुङ कास्कीका कार्यवाहक अध्यक्ष पवित्रा तामाङ, पोखरा कला केन्द्रका प्रबन्ध निर्देशक राखीमाया तामाङ र नेपाल पत्रकार महासंघ कास्कीका कोषाध्यक्ष सञ्जय मल्ल थिए ।
बैदाम तामाङ सेवा समाजका अध्यक्ष ज्याक तामाङले मिस तामाङ पोखराका प्रतियोगीले तालिम अवधिमा तामाङ समुदायको भाषा, धर्म र संस्कारका साथै व्यक्तित्व र नेतृत्वसम्बन्धी जीवनोपयोगी ज्ञान हासिल गरेको बताए । कार्यक्रम संयोजक तथा मिस तामाङ पोखरा २०१८ कविता योञ्जनले मानिसले जन्मजात केही पनि सिकेर नआउने भन्दै आफूले पनि मिस तामाङको मञ्चबाट धेरै कुरा हासिल गरेको सुनाइन् । बैदाम तामाङ सेवा समाजका उपाध्यक्ष जयन्ती मोक्तानले आफ्नो संस्कार, भाषा र संस्कृतिबारे घरबाटै सिकाउन सुरु गर्नुपर्नेमा जोड दिइन् ।
पोखरा सभागृहमा माघ ४ गते शनिबार हुने प्रतियोगिताको विजेताले ताज, ट्रफी, प्रमाणपत्रसहित नगद १ लाखका साथमा म्युजिक भिडियोको अवसर र आकर्षक गिफ्ट ह्याम्पर प्राप्त गर्ने आयोजकले जनाएको छ । फस्ट रनर अपले ताज, ट्रफी, प्रमाणपत्रसहित नगद ५० हजार हजार प्राप्त गर्नेछ । सेकेन्ड रनर अपले ताज, ट्रफी, प्रमाणपत्रसहित नगद ३० हजार रुपैयाँ हात पार्नेछन् । भ्युअर्स च्वाइसका रुपमा १ जनाले २० हजार पुरस्कार प्राप्त गर्नेछन् ।








सम्पादकीय—निर्वाचन सुरक्षा र प्रहरी प्रशासनको दायित्व
निर्वाचन ७८ दिन बाँकी : चुनाव प्रचारमा १० वटा मात्रै झण्डा, घरदैलोमा २५ जनाभन्दा बढी जान नपाइने
पोखरा महानगरले आज ६७औँ स्थापना दिवस मनाउँदै, ९ जनालाई ‘नवरत्न’ सम्मान
पोखरा विमानस्थल आयोजना प्रमुख मुनकर्मीविरुद्ध भ्रष्टाचार मुद्दा, साढे २ करोड बिगो दाबी
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया