जिपिटिएको कर्मचारी क्षमता अभिबृद्वि कार्यक्रम

समाधान संवाददाता २०८२ कार्तिक २६ गते ६:०३

पोखरा ।

व्यवहारमा परीवर्तन, कार्यसम्पादनमा सुधारको मुल उद्देश्यसहित स्थापित गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठानको आयोजना तथा प्रदेश तथा स्थानीय शासन सवलीकरण कार्यक्रमको समन्वयमा कर्मचारीहरुको क्षमता विकास तथा गुण व्यवस्थापन प्रणालीका कार्यविधिहरुमाथि छलफल कार्यक्रम भएको छ |

गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक सुरेन्द्रबाबु तिवारीको अध्यक्षतामा भएको कार्यक्रममा गण्डकी प्रदेश मुख्य मन्त्री तथा मन्त्री परीषदको कार्यालयका सचिव ऋषिराज आचार्यको प्रमुख आतिथ्यतामा भएको हो |

Advertisement

आइएसओ ९००१:२०१५ प्राप्त प्रतिष्ठानले अर्को ३ वर्षका लागि आइएसओ नवीकरण गरेको छ । त्यसका कार्यविधिहरु माथि छलफल गर्ने कार्यको सहजीकरण प्रतिष्ठानका उपसचिव नारायण पौडेलले गरेका थिए भने कार्यक्रमको सहजकर्ता प्रतिष्ठानका प्रशिक्षण तथा अनुसन्धान अधिकृत इन्जिनियर मनोज पौडेल रहेका थिए |

कार्यक्रममा बोल्दै प्रमुख अतिथि आचार्यले प्रतिष्ठानले गण्डकी प्रदेश सरकारका कार्यक्रमहरुमा भएका र सेवा प्रवाहमा आएका समस्याहरुको समाधानका लागि अध्ययन तथा अनुसन्धान गर्नु जरुरी रहेको बताएका थिए |

Advertisement

पोखरा -३१ पचभैयामा २ दिन सञ्चालित कार्यक्रममा प्रदेश तथा स्थानीय शासन सवलीकरण कार्यक्रम गण्डकी प्रदेश संयोजक प्रणय शर्मा, गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठानका उपसचिव प्रभाकर घिमिरे, गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठानका निर्देशक लक्ष्मण तिमिल्सिना, गण्डकी प्रदेश मुख्य मन्त्री तथा मन्त्री परिषदको कार्यालयका उपसचिव टिकाराम पौडेल लगायतले आफ्नो विषयवस्तु प्रस्तुत गरेका थिए |

तपाईको प्रतिक्रिया