पोखरा र जापानको ओत्सुकीबीच पर्यटन, प्रविधि र शिक्षामा सहकार्यको छलफल

पोखरा। पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले पर्यटकीय राजधानी पोखरा र जापानको ओत्सुकी नगरबीच अनुभव आदानप्रदानका साथै दुईपक्षीय पर्यटन, प्रविधि, शिक्षा र सद्भावना भ्रमणका विषयमा छलफल भएको बताएका छन्। उनले दुवै नगरका बीचमा विकास साझेदारी र जनसम्बन्धको आयामका आधारमा पोखरा जस्तै हिमालको काखमा रहेको ओत्सुकीसँग पर्वतीय संस्कृति, रहनसहन र समग्र पर्यटन विकासका असल अभ्यासहरूको आदानप्रदान सम्बन्धमा छलफल भएको बताए।
ओत्सुकी नगरका प्रमुख कोबायसीले त्यहाँको छिमेकी नगर होकुतोका नगर प्रमुखको तर्फबाट यसअघि पोखरा र होकुतो नगरबीचमा भएको पर्वतीय नगर मित्रताको समझदारी पत्र नगर प्रमुख आचार्यलाई हस्तान्तरण गरेका छन्। पोखरा र होकुतोका नागरिकहरू एक अर्काको पर्वतीय भूगोल, संस्कृति र इतिहासलाई सम्मान गर्दै द्विपक्षीय सहयात्रालाई आपसी हित, विकास साझेदारी र जनसम्बन्ध कायमप्रति प्रतिबद्ध रहने गरी पर्वतीय नगर मित्रताका लागि समझदारी भएको थियो।
आफूलाई पोखरा निकै सुन्दर लागेको ओत्सुकी नगरका प्रमुख कोबायसीको भनाइ छ। प्राकृतिक रूपमा पोखरा र ओत्सुकीको भूगोल र वातावरणीय पक्ष एकै खालको रहेको उनले बताए। पोखरासँग सम्बन्ध स्थापनाका लागि आफू इच्छुक रहेको उनले बताए। नगरहरूका बीचमा पर्यटन आदानप्रदान, ज्ञान सीप र प्रविधिमा सहकार्यका लागि आवश्यक पहल गर्न आफूहरू तत्पर रहेको उनले बताए।
टोलीमा ओत्सुकी नगरका प्रमुख सहित सिनियर अफिसर काजुया सुगिमोतो, होकुतो नगरको कानुन विभागका प्रमुख हाजीमी ओसिवा, उद्योग तथा पर्यटन विभागका प्रतिनिधि सिन्जी यामादा र नेपाल जापान फ्रेन्डसिप एसोसिएसनका अध्यक्ष हिरोमी इसिओकाको सहभागिता रहेको थियो। पोखरा महानगरपालिकाको तर्फबाट नगर प्रमुख आचार्य, प्रमुख प्रशासकीय अधिकृत मुक्तिराज अर्याल, वरिष्ठ कानुन अधिकृत नारायण शर्मा, सूचना प्रविधि अधिकृत सुवास ढुङ्गाना र वडा सदस्य पूर्ण न्यौपानेको सहभागिता रहेको थियो।







पोखरा र जापानको ओत्सुकीबीच पर्यटन, प्रविधि र शिक्षामा सहकार्यको छलफल
पोखराका ११ वडाको भूमि वर्गीकरण सम्पन्न, अन्योल हटाउने महानगरको योजना
जिपिटिएको कर्मचारी क्षमता अभिबृद्वि कार्यक्रम
जेनजी आन्दोलनका बेला तोडफोडमा संलग्न रास्वपा नेतासहित ५ पक्राउ
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
मन लोभ्याउने पुनहिल
पोखरामा रातिसँगै बसेर रक्सी खाए, तेस्रो भेटमै हत्या गरे
तपाईको प्रतिक्रिया