पालुङटारका डिलबहादुर श्रेष्ठ सम्पर्कविहीन

समाधान संवाददाता २०८२ कार्तिक २६ गते १०:३०

पोखरा ।

गोरखाकाे पालुङटार नगरपालिका १ ठूलोचौरका झल्के कान्छा भनेर चिनिने डिलबहादुर श्रेष्ठ कार्तिक २१ गते बिहान करिब ३ बजेदेखि सम्पर्कविहीन भएका छन्। ६२ वर्षीया श्रेष्ठ ६ दिनदेखि अहिलेसम्म परिवार वा आफन्तहरुसँग कुनै पनि सम्पर्कमा नरहेको उनका परिवारले जनाएका छन्।

परिवारका अनुसार श्रेष्ठलाई अन्तिम पटक गाउँ नजिकै देखिएको थियो। त्यसयता उनको अवस्थाबारे कुनै जानकारी प्राप्त नभएको बताइएको छ।

Advertisement

जो कोहीले डिलबहादुर श्रेष्ठलाई देखेमा वा भेटेमा नजिकको प्रहरी कार्यालय वा फोन नम्बरहरु ९८२६६०३७८५, ९८४९५३७२६९ र ९८४६३४८७२५ मा सम्पर्क गरी सहयोग गर्न परिवारले अनुरोध गरेको छ।

Advertisement

तपाईको प्रतिक्रिया