खाद्यको प्रगति सार्वजनिक

पोखरा ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय पोखराले चालु आर्थिक वर्षको पहिलो त्रैमासिकको प्रगति सार्वजनिक गरेको छ । कार्यालयबाट भएका गतिविधिबारे नागरिकलाई जानकारी दिन कार्यालयले समीक्षा कार्यक्रम गरेको हो ।
कार्यक्रममा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय पोखराका वरिष्ठ खाद्य अनुसन्धान अधिकृत विजन श्रेष्ठले पोखरा, डिभिजन कार्यालय बागलुङ र डिभिजन कार्यालय तनहुँको प्रगति विवरण सुनाएका थिए । उनले पोखरामा खाद्य प्रयोगशाला स्थापनापछि गण्डकी प्रदेशका ११ जिल्लाको काममा निकै प्रगति भएको बताए ।
पछिल्लो ३ महिनामा कार्यालयबाट विभिन्न खाद्य उद्योगका लागि ५९ अनुमति पत्र जारी, नवीकरण र सिफरिस गरिएको अधिकृत श्रेष्ठले जानकारी दिए । तीमध्ये ३३ वटा सिफारिस, १६ वटा अनुमति पत्र जारी र १० नवीकरण छन् ।
कार्यालयबाट खाद्यको अनुगमन पनि गरिएको छ । ३ महिनामा पोखरा कार्यालयबाट खाद्य बजार अनुगमन ४९ पटक, दाना बजार ६, होटल/रेस्टुरेन्ट ५४, खाद्य उद्योग ७०, दाना उद्योग १, संवेदनशील खाद्य पदार्थको १५ र उजुरीका आधारमा ६ पटक अनुगमन गरिएको उनले बताए ।
तनहुँ कार्यालयबाट फुट सेफ्टी इमरजेन्सी रेस्पोन्स अनुगमन ६, खाद्य उद्योग २०, खाद्य बजार २६, आहारपूर्वक खाद्य पदार्थ बिक्री वितरण गर्ने पसल ३, होटल/रेस्टुरेन्ट २२, दाना बजार २, हाट बजार÷मेला महोत्सव १, विद्यालय÷क्याम्पस÷अस्पतालका क्यान्टिन २ र संवेदनशील खाद्य पदार्थ ५ पटक अनुगमन भएको छ । बागलुङ कार्यालयबाट खाद्य निरीक्षण १७, खाद्य तथा दाना १५, होटल रेस्टुरेन्ट २१ र संयुक्त अनुमगन ११ पटक भएको छ ।
अनुगमनपछि पोखरा कार्यालयल २३ हजार २६८ बराबरको खाद्यान्न जफत गरी नष्ट गरिएको छ भने तनहुँमा १ लाख ८५ हजार ११५ र बागलुङमा ६१ हजार ४३५ रुपैयाँ बराबरको खाद्य नष्ट गरिएको छ । कार्यालय मातहत खाद्य नमुना संकलन तथा विश्लेषको काम पनि भइरहेको छ ।
कैफियत भेटिएको खण्डमा मुद्दा दायर गरी कारवाहीको प्रक्रिया पनि अघि बढाइने गरेको उनले सुनाए । यो ३ महिनामा पोखरा र तनहुँ कार्यालयबाट १/१ मुद्दा दर्ता भएको उनले जानकारी दिए । जग्गा प्राप्ति नहुँदा आफ्नै भवन बनाउन नसकिएको उनले सुनाए ।
पोखरामा रहेको रहेको कार्यालयले कास्की, स्याङ्जा र पर्वत जिल्लामा खाद्य गुणस्तर चेकजाँच गर्ने गर्छन् । बागलुङको कार्यालयले बागलुङसहित म्याग्दी र मुस्ताङ हेर्छ । तनहुँ कार्यालयको तनहुँ सहित लमजुङ, गोरखा, मनाङ र नवलपुर कार्यक्षेत्र हो ।







खाद्यको प्रगति सार्वजनिक
देशैभर एमालेको खबरदारी
पोखरा महानगर : कर बढ्दा आक्रोश
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
मन लोभ्याउने पुनहिल
पोखरामा रातिसँगै बसेर रक्सी खाए, तेस्रो भेटमै हत्या गरे
तपाईको प्रतिक्रिया