डब्ल्यूटी केयर्स नेपाल परियोजनाको तेस्रो चरण सम्पन्न

पोखरा ।
पोखरा महानगरपालिका–२५, वीरेठाँटीस्थित वीरेठाँटी माध्यमिक विद्यालयमा ‘डब्ल्यूटी केयर्स नेपाल अम होङ गिल स्कुल प्रोजेक्ट २०२५/२६’ समारोह सम्पन्न भएको छ । यो परियोजनाले ग्रामीण समुदायका बालबालिकालाई खेलकुद र शिक्षाको माध्यमबाट विकासका अवसर सिर्जना गर्न महत्वपूर्ण भूमिका खेलेको छ ।
समारोहमा अन्नपूर्ण गाउँपालिका, कास्कीका अध्यक्ष विष्णुबहादुर केसीले डब्ल्यूटी केयर्स नेपाल र अम होङ गिल फाउन्डेसनको यस योगदानको प्रशंसा गरे । उनले यस्ता परियोजनाले ग्रामीण क्षेत्रमा आशा, अवसर र एकताको भावना अभिवृद्धि गर्नुका साथै अन्तर्राष्ट्रिय मैत्री सम्बन्ध बलियो बनाउन महत्त्वपूर्ण भूमिका खेलिरहेको बताए ।
अम होङ गिल ह्युमन फाउन्डेसन (युएचजिएचएफ) का देश निर्देशक पार्क हिडोङ र नेपाल तेक्वान्दो संघका अध्यक्ष दीपराज गुरुङले आगामी दिनहरूमा पनि ग्रामीण बालबालिकाको सर्वांगीण विकास र युवा सशक्तीकरणका लागि प्रेरणादायी उदाहरण बनेर रहिरहने बताए ।
कार्यक्रमका क्रममा नेपाल तेक्वान्दो संघका अध्यक्ष दीपराज गुरुङले परियोजनाको पृष्ठभूमि र उद्देश्यबारे जानकारी गराए । उनले यस वर्षको परियोजना तेस्रो चरणअन्तर्गत सञ्चालन गरिएको विशेष तेक्वान्दो तालिममा ६० जना विद्यार्थी सहभागी भएको जानकारी दिए ।
यसअघि परियोजनाको पहिलो चरण (२२ अगस्ट २०२२ – २१ अगस्ट २०२३) मा ८७ जना विद्यार्थी र दोस्रो चरण (अक्टोबर २०२३ – अप्रिल २०२४) मा ७४ जना विद्यार्थी सहभागी भएका थिए । प्रत्येक चरणमा युवाको सशक्तीकरण, अनुशासन र जीवन कौशल विकासमा विशेष ध्यान दिएको थियो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दिल्लीराज जैसीको अध्यक्षतामा भएको सो समारोहमा वडाध्यक्ष विजय गुरुङ, नेपाल तेक्वान्दो संघका महासचिव हेमन्त डाँगी, संघका सल्लाहकार परिषद् सदस्य हरिश्वर पोखरेल, गण्डकी प्रदेश तेक्वान्दो संघका अध्यक्ष जगनबहादुर गुरुङ, कास्की जिल्ला तेक्वान्दो संघका अध्यक्ष कुमार गुरुङ, प्रशिक्षक कविराज खड्गी तथा बोधराज गिरी, युएचजिएचएफकी कार्यक्रम प्रबन्धक निलम थापालगायतको उपस्थिति थियो ।







डब्ल्यूटी केयर्स नेपाल परियोजनाको तेस्रो चरण सम्पन्न
दमौलीमा इँटा उद्योग बन्द गर्न माग
सहारा एकेडेमीलाई सहयोग
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
मन लोभ्याउने पुनहिल
पोखरामा रातिसँगै बसेर रक्सी खाए, तेस्रो भेटमै हत्या गरे
तपाईको प्रतिक्रिया