दीपशिखा सहकारीको सभा

समाधान संवाददाता २०८२ कार्तिक २६ गते १६:०९

पोखरा ।
महिलामात्र सेयर सदस्य रहेको पोखरा महानगरपालिका वडा नं २९ को दीपशिखा महिला कृषि सहकारी संस्थाको १२ औं साधारण सभा भएको छ । साधारण सभा ज्येष्ठ सदस्य रामकुमारी आचार्यले उद्घाटन गरिन् ।


पोखरा महानगरपालिका कार्यपालिका सदस्य एवं वडा नं २९ का वडा सदस्य निर्मला पौडेलले महिलालाई आय आर्जनमा जोड्नु पर्छ भन्ने मान्यताका साथ दीपशिखा पुस्तकालयको संयोजनमा स्थापना भएको सहकारीले छोटो समयमा सफलता पाएको बताइन् । ४ सय ८० सेयर सदस्यमार्फत २ करोड ४ लाख ६९ हजार सेयर पुँजी बनाउन सफल भएकामा उनले खुसी व्यक्त गरिन् ।


संस्थाकी अध्यक्ष शिवकुमारी सुवेदीको अध्यक्षतामा भएको कार्यक्रममा दीपशिखा पुस्तकालयका कोषाध्यक्ष तथा संस्थाका सल्लाहकार माधव भण्डारी, संस्थाका सल्लाहकार मेजर रामप्रसाद गुरुङ, लेखनाथ उद्योग वाणिज्य संघका सहकारी समन्वय उपसमिति संयोजक कृष्णप्रसाद तिमिल्सेना, लेखनाथ उद्योग वाणिज्य संघकी उपमहासचिव गंगा मल्ल, निवर्तमान अध्यक्ष गोमाकुमारी आचार्य, सचिव कल्पना गुरुङ र व्यवस्थापक कृष्णकुमारी पोखरेलले बोलेका थिए ।

Advertisement


सभामा बाल बचत, असल कारोबारी, क्रियाशील सदस्य लगायतलाई सम्मान गरिएको छ ।

Advertisement

तपाईको प्रतिक्रिया