पोखरा आदर्श स्कुलमा सामान्य ज्ञान प्रतियोगिता
समाधान संवाददाता
२०८२ कार्तिक २७ गते १६:२०
पोखरा ।
पोखराको बगरमा अवस्थित पोखरा आदर्श सेकेन्डरी स्कुलमा माध्यमिक तह अन्तर्गतको सामान्य ज्ञान प्रतियोगिता बिहीवार सम्पन्न भयो । प्रतियोगितात्मक कार्यक्रममा हरियो सदनका माधव त्रिपाठी, उत्तम रिजाल, रोजन गुरुङ र अभिनव सापकोटाको समूह प्रथम भयो ।
नीलो सदनका सृजना पुन मगर, सुदर्शन पौडेल, सन्ध्या आचार्य र प्राची नेपालीको समूहले द्वितीय स्थान हाँसिल ग¥यो । मय सूचकका रूपमा शिक्षक पुण्य जिसी थिए भने अंक गणकमा विद्यार्थी सबिन जैसी खटिएका थिए ।
विद्यालयका प्रिन्सिपल फणीन्द्रप्रसाद अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा अतिरिक्त क्रियाकलाप प्रमुख गणेश शाह, उपप्राचार्य ज्ञानेश्वर सुवेदी र शैक्षिक प्रशासक सेतुप्रसाद भट्टराईले पनि बोलेका थिए ।
सम्बन्धित






पोखरा आदर्श स्कुलमा सामान्य ज्ञान प्रतियोगिता
सामुदायिक प्रहरीको बटुकलाई न्यानो कपडा सहयोग
सिजीले ल्यायो एआई–सञ्चालित एयर फ्रायर
एन प्याब्सनको बाल प्रतिभा पहिचान तथा खेलकुद प्रतियोगिता मंसिरमा
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
मन लोभ्याउने पुनहिल
पोखरामा रातिसँगै बसेर रक्सी खाए, तेस्रो भेटमै हत्या गरे
तपाईको प्रतिक्रिया