शिव शक्ति क्याम्पसको अध्यक्षमा टुवराज

पोखरा ।
शिव शक्ति क्याम्पस, फूलबारीको शनिबार १७ औं क्याम्पस सभा तथा सातौं अधिवेशनबाट सञ्चालक समिति अध्यक्षमा टुवराज बास्तोला ‘विशाल’ निर्वाचित भएका छन् । समाजसेवी, शिक्षासेवी एवं पूर्वबैंकर हुन् ।
उनी दोस्रो कार्यकालका लागि निर्वाचित भएका हुन् । १५ सदस्यीय सञ्चालक समिति सदस्यमा रवीन्द्रनाथ बास्तोला, विश्वराज बास्तोला, रमेशराज बास्तोला, सरस्वती भण्डारी, डा तुलसीप्रभास खनाल र गणेशबहादुर कार्की छन् ।
सदस्यसचिवमा क्याम्पस प्रमुख चन्द्रकान्त रेग्मी, प्राध्यापकतर्फबाट सदस्यमा लीलावती पनेरु र सूर्यप्रसाद घिमिरे चयन भए । पदेन सदस्यमा वडाध्यक्ष प्रेमप्रसाद कर्माचार्य, प्राध्यापक संघ सभापति तोलाकान्त न्यौपाने छन् । यस्तै, त्रिवि प्रतिनिधि, विद्यार्थी प्रतिनिधिसमेत मनोनीत हुन बाँकी छ ।
अध्यक्ष बास्तोलाले वार्षिक प्रतिवेदन पेस गर्दै क्याम्पसको स्थायित्व, दीर्घकालीन विकासमा सबैको हातेमाले जरुरी रहेको उल्लेख गरे । क्याम्पस प्रमुख चन्द्रकान्त रेग्मीले गत आव २०८१/०८२ को वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।
कार्यक्रमको गण्डकी विश्वविद्यालयका कुलपति प्राडा ईन्द्रप्रसाद तिवारीले उद्घाटन गरेका थिए । कार्यक्रममा संस्थापक एवं पूर्व प्राचार्य प्रेमबहादुर राई, निवर्तमान क्याम्पस प्रमुख दीपक बास्तोला र लामो समयदेखि प्राध्यापन गर्दैआएका मनोज बास्तोलालाई सम्मान गरिएको थियो ।
कार्यक्रममा पोखरा ११ का वडाध्यक्ष प्रेमप्रसाद कर्माचार्य, गण्डकी प्रदेशका पूर्व मुख्य न्यायाधीवक्ता रोहितराज बास्तोला, ग्यालेक्सी माविका निर्देशक राजु कायस्थ लगायतले बोलेका थिए ।
कायस्थले आफ्ना बाबु राधेश्याम कायस्थको नाममा १ लाख बराबरको तथा वडाध्यक्ष कर्माचारीले १ लाख ५ हजार ५५५ रुपैयाँ बराबरको अध्यक्षकोष स्थापना गर्ने घोषणा गरे ।









मुस्ताङमा प्रादेशिक अस्पताल भवन
‘स्मृतिका बिम्बहरु’ सार्वजनिक
राजनीतिक एकता : पदको भागबन्डा कि व्यवस्थागत परिवर्तनको अवसर
६ दशकदेखि निरन्तर पढाउँदै रुप सर
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया