भद्रकाली बहुमुखी क्याम्पसको अध्यक्षमा सापकोटा

पोखरा ।
पोखरा महानगरपालिका वडा नं १३ स्थित भद्रकाली बहुमुखी क्याम्पसको १६ औं वार्षिक साधारण सभा तथा पाँचौ अधिवेशनले संचालक समितिको अध्यक्षमा जयप्रसाद सापकोटालाई चयन गरेको छ । शनिबार भएको अधिवेशनमा समितिको सदस्यहरुमा विष्णु कार्की, बलराम बराल, शोभाकान्त सिग्देल, शारदा पराजुली, युवराज त्रिपाठी र हिमबहादुर गुरुङ छन् ।
गण्डकी विश्वविद्यालयका कुलपति प्राडा इन्द्रप्रसाद तिवारीले अधिवेशनको उद्घाटन गर्दै क्याम्पसमा गुणात्मक शिक्षाको लागि आँफु र विश्वविद्यालयको तर्फवाट सहयोग गर्न सदैव तयार रहेको भने । शिक्षाले व्यक्तिलाई आत्मनिर्भर र आत्मविश्वासी बनाउने कुलपति तिवारीले धारणा राखे ।
समितिका अध्यक्ष माधवप्रसाद सिग्देलको अध्यक्षतामा भएको कार्यक्रममा समितिका संस्थापक अध्यक्ष विश्वप्रकास सिग्देल, निवर्तमान अध्यक्ष बजिरमान श्रेष्ठ, क्याम्पसका संस्थापक क्याम्पस प्रमुख किशोरदत्त वराल, क्याम्पस प्रमुख नवराज रेग्मी, क्याम्पसका सल्लाहकारद्धय रामगोपाल ढेवाजू, बाबुराम पन्त, भद्रकाली मावि व्यवस्थापन समितिका अध्यक्ष दिपक गुरुङ(माइला), भद्रकाली माविका प्रधानाध्यापक यदुराज पगेनी, क्याम्पस प्राध्यापक इकाई संघका सभापति बुद्धिराज सापकोटा, युवा व्यवसायी आदर्शमान श्रेष्ठ, सत्यदेवी आमा समुहका अध्यक्ष जमुनादेवी श्रेष्ठ लगायत बाेलेका थिए ।
कार्यक्रममा समितिका सदस्य जयप्रसाद सापकोटा स्वागत मन्तव्य र क्याम्पसका सहायका प्रमुख नारायणप्रसाद सापकोटाले कार्यक्रम संञ्चालन गरेका थिए ।









फागुन २१ को चुनाव : समानुपातिकमा ३ हजार ४२४ उम्मेदवार, २२ दलको सूची पूर्ण (सूचीसहित)
मन्त्री खरेलद्वारा एनसेलको पोखरा डाटा सेन्टर अवलोकन, भोल्टे क्षमता अभिवृद्धि परियोजनाको उदघाटन
रास्वपाको समानुपातिक सूची आयोगमा : बालेन र कुलमानसँग सहकार्य, ज्ञानेन्द्र मल्लदेखि प्रकाश सपूतसम्म समेटिए- पूर्ण सूचीसहित
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया