आन्तरिक पर्यटन प्रवर्धनमा संगम सहकारी

पोखरा ।
पोखराको राम बजारमा प्रधान कार्यालय र न्यूरोडमा सेवा केन्द्र रहेको संगम बचत तथा ऋण सहकारी संस्थाले आन्तरिक पर्यटन प्रवर्धनमा पनि सघाउने उद्देश्यका साथ यस आर्थिक वर्षको पहिलो त्रैमासिक समीक्षा बैठक माछापुच्छ्रे गाउँपालिका वडा नम्बर ८ स्थित सुन्दर गाउँ ल्वाङमा सम्पन्न गरेको छ ।
पहिलो दिन साँस्कृतिक कार्यक्रम र दोस्रो दिन कार्यालय प्रमुख बृहस्पति अधिकारीले राखेको संस्थागत प्रस्तुति सहितको समीक्षा बैठक गरी दुई दिने कार्यक्रम उक्त गाउँमा गरिएको हो । दुई दिने कार्यक्रमकै बीचमा हाइकिङ, चिया बगान लगायत ग्रामीण परिवेशको अवलोकन पनि गरिएको थियो भने बैठकमा समिति उपसमितिहरूले आआफ्ना कार्यप्रगतिहरू प्रस्तुत गरेका थिए ।
सोही अवसरमा संस्थाका अध्यक्ष नवराज तिवारीले उपसमितिका राम्रा कार्यहरू र कर्मचारीको मेहनतले सञ्चालक समितिलाई सहयोग पुग्ने भन्दै यस किसिमको समीक्षा बैठकबाट प्राप्त ऊर्जालाई सबैले सहकारीको कार्यक्षेत्रमा पुर्याउनुपर्ने बताए । यसैगरी राम्रो सहकारीले राम्रो गाउँमा कार्यक्रम गरेकोमा धन्यवाद दिँदै लेखा संयोजक भोबिन्द्र गिरीले राम्रोलाई अझै राम्रो बनाउने तर्फ हामी सबैको ध्यान दिन जरुरी भएको बताए ।
सचिव धनराज पुरीले अनिवार्य मासिक बचत संस्थाको मेरुदण्ड भएको भन्दै हाल संस्थामा भएको मासिक बचत खाताको अवस्था प्रस्तुत गरे । त्यस्तै बचत उपसमिति संयोजक तोयानाथ भट्टराईले सदस्यहरूको विश्वास र मायाले नै बचत संकलनमा वृद्धि हुँदै आएकोमा खुसी व्यक्त गर्दै अब सही ठाउँमा ऋण लगानीतर्फ जोड दिनुपर्ने बताए । यसैगरी शिक्षा उपसमिति संयोजक तिलक थापाले अब छिट्टै कम्पोस्ट मल बनाउने तालिमको आयोजना गर्न लागिएको जानकारी दिए ।









खरबारी बन्याे सुन्तला बगैँचा
सिमसार संरक्षणका लागि डेढ दर्जन कानुन र नीति
पोखरा उद्योग वाणिज्य संघका पूर्वमहासचिव अर्जुन पोखरेललाई मातृशोक
सडक महोत्सवको ‘न्यूइयर इभ’ मा आस्मा र एक्स नेपथ्यले तताउने
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया