राष्ट्रिय औद्योगिक व्यापार मेलालाई मणिपालको साथ

समाधान संवाददाता २०८२ मंसिर १ गते १०:४९

पोखरा ।
पोखरा उद्योग वाणिज्य संघले बर्सेनि आयोजना गर्दै अएको राष्ट्रिय औद्योगिक व्यापार मेलाको ३४ औं संस्करण तथा १३ औं क्यान इन्फोटेक २०८२ सँग नेपाल मणिपाल अस्पताल जोडिएको छ ।

Advertisement


यसपालिको मेला मंसिर १७ देखि २१ गतेसम्म पोखरा ९ नयाँबजार स्थित प्रदर्शनी केन्द्रमा हुँदै छ । संघका अध्यक्ष गोकर्ण कार्की तथा नेपाल मणिपाल शिक्षण अस्पताल पोखराका प्रमुख कार्यकारी निर्देशक अनिल ओडुभिलले मेलामा सहकार्यका निम्ति हस्ताक्षर गरेका छन् ।


अब मेलाको नाम नेपाल मणिपाल अस्पताल ३४ औं राष्ट्रिय औद्योगिक व्यापार मेला तथा १३ औं क्यान इन्फोटेक पोखरा २०८२’ हुने भएको छ । २०४० सालतिर नै पोखरा उद्योग वाणिज्य संघले पोखरालाई शिक्षा,स्वास्थ्य,पर्यटनको सहरको रुपमा विकास गर्ने अवधारणाको अगाडि बढाएको संघका पूर्वअध्यक्ष अशोक पालिखेको भनाइ छ ।

Advertisement


संघका अर्का पूर्वअध्यक्ष आनन्दराज मुल्मीले पृथ्वीनारायण कलेजदेखि पोखरा विश्वविद्यालय, पोखरा बहुमुखी क्याम्पस लगायतका पोखराका सबैजसो शैक्षिक संस्था पोखरा उद्योग वाणिज्य संघकै पहलमा स्थापना भएको स्मरण गरे ।

Advertisement

तपाईको प्रतिक्रिया