फेदीखोलामा १ शिक्षक १ ल्यापटप

समाधान संवाददाता २०७६ पुष २८ गते ११:४६

एक शिक्षक एक ल्यापटप कार्यक्रममा ल्यापटपका साथ शिक्षक ।
तस्बिरः अर्जुन काफ्ले

समाधान संवाददाता
स्याङ्जा

फेदीखोला गाउँपालिकाले १ शिक्षक १ ल्यापटप अभियान सुरु गरेको छ । विद्यार्थीलाई प्रविधिसँग जोड्ने उद्देश्यले गाउँपालिकाले शिक्षकलाई साझेदारीमा आइतबार ल्यापटप प्रदान गरेको हो ।

Advertisement

शिक्षकले ल्यापटपको माध्यमबाट विद्यार्थीलाई अध्यापन गराउन भन्ने उद्देश्यसहित गाउँपालिकाले प्रत्येक शिक्षकलाई ल्यापटप अभियान चलाएको गाउँपालिका अध्यक्ष घनश्याम सुवेदीले बताए ।

विगतमा विद्युतीय हाजिरी, इमेल–इन्टरनेट, मेडिक मोबाइल, ज्येष्ठ नागरिक स्याहार कार्यक्रमलाई प्रभावकारी रुपमा अगाडि बढाएको फेदीखोलाले विद्यार्थीले ल्यापटपको माध्यमबाट अडियो तथा भिडियो मार्फत पढून भनेर प्रदान गरेको सुवेदीले बताए । उनले भने, ‘विगतमा पाठ्यक्रम योजना निर्माण कापीको पानामा हुने गरेकोमा अब अभियानसगै ल्यापटपबाट गरिने छ ।’ गाउँपालिकाले विद्यालय व्यवस्थापन सफ्टवेयर बनाएको छ । सफ्टवेयरको माध्यमबाट कसरी अध्यापन गराए जानाकारी समेत हुने र शिक्षकले पनि सफ्वयरको सीमाभित्र रहेर बढाउने अध्यक्ष सुवेदीले बताए ।

Advertisement

८ मावि र १६ आधारभूत विद्यालय रहेको फेदीखोला गाउँपालिकामा २ सय ७९ शिक्षक रहेको शिक्षक शाखा प्रमुख रामचन्द्र गुरुङले बताए । गाउँपालिकाको कार्यपालिका निर्णय अनुसार हरेक शिक्षकको हातमा ल्यापटप पु¥याउने लक्ष्यसहित साझेदारीमा प्रदान गरिएको हो । गाउँपालिकाको ३०, शिक्षकको ३० र विद्यार्थीको ४० प्रतिशत लगानीमा १ शिक्षक १ ल्यापटप अभियान ल्याइएको हो ।

नयाँ शिक्षकलाई अनिवार्य र निवृत्त हुन लागेका पुराना शिक्षकलाई स्वेच्छिक बनाइएको र पहिलो चरणमा १ सय १५ ल्यापटप वितरण गरिएको बताए । अभियानमा वडा नम्बर २ को चण्डीडाँडा माविका १५, सिद्धार्थ माविमा १२ जना शिक्षकले ल्यापटप लगेका छन् । अन्य माविमा ५÷५ वटा र आधारभूतमा १ देखि ५ वटासम्म लगेका छन् ।

शिक्षकको माग अनुसार सबैलाई दिने योजना रहेको र विद्यार्थीलाई अडियो र भिडियो मार्फत अध्यापन गराउन प्रोजेक्टरसमेत हरेक विद्यालयमा प्रदान गरिएको शिक्षा प्रमुख गुरुङले बताए ।

कालाभैरव माविका प्रधानाध्यापक राजुकुमार श्रेष्ठले गाउँपालिकाको अभियान प्रभावकारी भएको बताए । गाउँपालिकाले तालिम र सफ्टवेयरको व्यवस्थाले अध्यापनको प्रभावकारिता हुने श्रेष्ठले बताए । विगतमा हरेक विद्यालयमा विद्यालयको ल्यापटपबाट पढाएको भन्दै श्रेष्ठले साझेदारीले हरेक कक्षामा अध्यापन गर्न सहज हुने बताए ।

तपाईको प्रतिक्रिया