पर्यटन व्यवसायी वसन्तराज दवाडीको निधन

समाधान संवाददाता २०८२ मंसिर १ गते १४:०४

पोखरा ।

Advertisement

पोखराका वरिष्ठ पर्यटन व्यवसायी वसन्तराज दवाडीको ५७ वर्षको उमेरमा निधन भएको छ। आइतबार राती पोखरा लेकसाइडस्थित आफ्नै निवासमा एक्कासि हृदयघात भएपछि उनलाई अस्पताल पुर्‍याइकाे थियाे ।

उनको माछापुच्छ्रे गाउँपालिका–३, घाचोकमा साेमबार अन्त्यष्टि गरिएकाे छ । पोखराको साहसिक पर्यटन विकासदेखि गाउँका महिलाहरुको आयआर्जनमा दवाडीले पुर्‍याएको योगदान उल्लेखनीय छ।

Advertisement

दवाडी पछिल्लो समय नेपाल प्याराग्लाइडिङ संघ तथा ह्याण्डग्लाइडिङ संघ (नेफा) गण्डकी प्रदेश अध्यक्षका रुपमा सक्रिय थिए। यसअघि उनले टान गण्डकी, पोखरा पर्यटन परिषद्काे जिम्मेवारी सम्हालेका थिए। प्रदेश खेलकुद परिषद् गण्डकीका सदस्य भएर उनले ४ वर्ष सेवा गरेका थिए।

उनले स्वीट्जरल्याण्डका लागि अवैतनिक राजदूतको रुपमा समेत काम गरेका थिए। घाचोकमा उनले ‘आमा स्मृति प्रतिष्ठान’ स्थापना गरी ज्येष्ठ नागरिक दिवा सेवा केन्द्र सञ्चालनमा ल्याएका थिए। महिलालाई सीपमूलक प्रशिक्षणमार्फत स्वरोजगार बनाउन तथा विद्यार्थीलाई निःशुल्क शिक्षा उपलब्ध गराउन उनले महत्वपूर्ण भूमिका खेलेका थिए।

Advertisement

गत वर्ष माछापुच्छ्रे गाउँपालिकालाई प्याराग्लाइडिङ केन्द्रका रूपमा विकास गर्ने उद्देश्यले भएको सफल परीक्षण उडान पनि उनको पहलमै अघि बढाइएको थियो।

दवाडीका बुवा, श्रीमती, एक छोरा र एक छोरी र ३ जना दाजुभाई छन्।

तपाईको प्रतिक्रिया