पोखरा जेसिजको अध्यक्षमा सुमन पहारी विजयी

समाधान संवाददाता २०८२ मंसिर १ गते १६:२५

पोखरा ।
पोखरा जेसिजको ४६औँ शाखा अधिवेशन तथा ५१औँ वार्षिक साधारणसभा शनिबार भएको छ । उक्त अधिवेशनले सन् २०२६ का लागि नयाँ नेतृत्व चयन गरेको छ, जसअन्तर्गत अध्यक्षमा सुमन पहारी ५० मतका साथ निर्वाचित भएका छन् ।

Advertisement


उनले अध्यक्ष पदका अर्का उम्मेदवार अनन्त प्रधानांगलाई २६ मतान्तरले पराजित गर्न सफल भए । ७८ मतदातासूची रहेको उक्त निर्वाचनमा जम्मा ७४ मत मात्र खसेको थियो । मतपेटिकामा खसेको कुल मतमध्ये प्रधानांगलाई जम्मा २४ मत मात्र प्राप्त भयो । अध्यक्ष पदका अर्का प्रत्यासी श्रीकृष्ण सुनार मतदानमा सहभागी नहुँदै बाहिरिएपछि मुख्य प्रतिस्पर्धा पहारी र प्रधानांगबीचमै सीमित भएको थियो ।


यस्तै, नयाँ कार्यकारिणी उपाध्यक्षमा रवीन्द्र गोदार र उपाध्यक्षहरूमा सरोज पौडेल, सुजल गोदार, सन्दीप श्रीस तथा मुकेश अर्याल चयन भएका छन् । महासचिवमा सञ्जय पौडेल, कोषाध्यक्ष राजकुमार बोहोरा, सचिव मीना कुमारी थापा र कानुनी सल्लाहकार श्रीकृष्ण सुनार निर्वाचित भए ।

Advertisement


त्यस्तै, निर्देशक पदमा विनय सुवेदी, डम्बर खडायत, सन्तोष सुनार, विवेक सापकोटा लगायत विजयी भएका छन् । अधिवेशन सफलतापूर्वक सम्पन्न भएको पोखरा जेसिजका पूर्वअध्यक्ष तथा निर्वाचन आयुक्त गणेश गिरीले जानकारी गराए । नयाँ नेतृत्वले सन् २०२६ का लागि संस्थालाई थप सक्रिय, प्रभावकारी र समुदायमुखी बनाउने पहारीले प्रतिबद्धता व्यक्त गरे ।

Advertisement

तपाईको प्रतिक्रिया