पोखरामा अन्तर्राष्ट्रिय पशु क्वारेन्टाइन कार्यालय
पोखरा ।
नेपाल सरकार कृषि तथा पशुपन्छी विकास मन्त्रालय, पशु सेवा विभागले पोखरामा अन्तर्राष्ट्रिय पशु क्वारेन्टाइन कार्यालय स्थापना गरेको छ । कार्यालयअन्तर्गत दुईवटा स्थायी चेकपोष्ट र एउटा अस्थायी चेकपोष्ट निर्धारण गरिएको छ ।
निर्धारित चेकपोष्टहरूमा अन्तर्राष्ट्रिय चेकपोस्ट (पृथ्वीचोक, पोखरा), अन्तर्राष्ट्रिय चेकपोस्ट (कोरला, मुस्ताङ) र सीमा चेकपोष्ट (मुस्ताङ) पर्छन् । यी चेकपोष्टमार्फत पशु क्वारेन्टाइन सेवा प्रदान गरिनेछ । क्वारेन्टाइनहरुको हालै उद्घाटन गरिएको थियो ।
राष्ट्रिय पशु प्रजनन कार्यक्रमका प्रमुख डा. जगदीश पाण्डेय, पशुपन्छी अनुसन्धान, विकास तथा प्रशिक्षण केन्द्रका वरिष्ठ पशु विकास अधिकृत डा. गुल्म न्यौपाने, भेटेरिनरी अस्पताल तथा पशु सेवा कार्यालयका प्रमुख डा. शम्भुराज पाण्डे र पोखरा महानगरपालिका पशु सेवा शाखा प्रमुख डा. पवन पाण्डेले पनि कार्यक्रममा सहभागिता जनाएका थिए । यो कार्यालय हाल लामपाटन, पोखरामा सञ्चालनमा छ ।
कार्यालय प्रमुख डा. किरण पाण्डेले कोरोना महामारीका कारण अन्तर्राष्ट्रिय सीमा नाकाबाट हुने पशुजन्य उत्पादनको आवागमनमा अवरोध आएको बताए । उनले यस कार्यालयको स्थापनाले पशुजन्य उत्पादनको सहज आयात निर्यातमा सहयोग पुग्ने विश्वास व्यक्त गरे ।
डा. पाण्डेले क्वारेन्टाइन कार्यालयले पशुपन्छीमा लाग्ने रोग नियन्त्रण, पशु स्वास्थ्य सेवा, पशुपन्छीजन्य उत्पादनको नियमित आयात निर्यात सहजीकरण तथा राष्ट्रिय व्यापार प्रवद्र्धनमा महत्त्वपूर्ण भूमिका खेल्ने बताए । यसले पशु रोगको रोकथाम र नियन्त्रणमा प्रभावकारी कदम चाल्ने उनको भनाइ छ ।








‘कुलमान, बालेनसँग मिले एकता, नभए चुनावी सहकार्य’
समता काव्य सन्ध्या’ को ३८८ औं श्रृंखला
पर्यटन प्रवर्धनका लागि ‘टुर दि पोखरा’
साहारा बाल आधारभूत विद्यालयका ३४ विद्यार्थीलाई जुत्ता र मोजा वितरण
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया