आदिकवि भानुभक्त क्याम्पसमा १ लाख रुपैयाँको छात्रवृत्ति अक्षयकोष स्थापना

दमौली ।
आदिकवि भानुभक्त क्याम्पसको युवा रेडक्रस सर्कलले १ लाख रुपैयाँ राशिको ‘युवा रेडक्रस सर्कल छात्रवृत्ति अक्षयकोष–२०८२’ स्थापना गरेको छ । ‘म सेवा गर्छु’ भन्ने मूल नारासहित बुधबार क्याम्पसको सभाहलमा आयोजित एक समारोहका बीच उक्त अक्षयकोष स्थापना गरिएको हो ।
सर्कलका अध्यक्ष सुमन खड्काले अक्षयकोष स्थापनाका लागि १ लाख रुपैयाँ बराबरको चेक र करारनामा पत्र क्याम्पस प्रमुख महाप्रसाद हड्खलेलाई हस्तान्तरण गरे । क्याम्पस सञ्चालक समितिका अध्यक्ष केशबहादुर सुनारको रोहवरमा उक्त रकम र सम्झौता पत्र हस्तान्तरण गरिएको थियो । सर्कलले कार्यक्रम र छात्रवृत्ति कोष स्थापनाका लागि विशेष सहयोग पु¥याउने सहयोगीहरूलाई धन्यवाद ज्ञापन गरेको छ ।
कार्यक्रममा बोल्दै नेपाल युवा रेडक्रस सोसाइटीकी उपसभापति नारायणी अधिकारी, क्याम्पस प्रमुख महाप्रसाद हड्खले, नेपाल रेडक्रस सोसाइटी तनहुँ जिल्ला जुनियर तथा युवा समितिका प्रमुख एवं सहायक क्याम्पस प्रमुख विमल गिरी र स्ववियु अध्यक्ष अनुप आले मगरले शुभकामना मन्तव्य राखेका थिए । वक्ताहरूले सामाजिक सेवा र विद्यार्थीको सहयोगमा अक्षयकोषले महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे ।
कार्यक्रममा सहायक क्याम्पस प्रमुख डा. रामकुमार अधिकारी, सहायक क्याम्पस प्रमुख तथा सर्कलका पूर्व अध्यक्ष विश्वशेर तिमल्सिना, नेपाली विभाग प्रमुख डा. सुशीलप्रसाद वाग्ले, व्यवस्थापन विभाग प्रमुख जनक काफ्ले, विज्ञान विभाग प्रमुख राजन घिमिरे, सर्कलका कानुनी सल्लाहकार विष्णु हड्खले, प्राध्यापकहरू दीपा थापा र मिना श्रेष्ठको उपस्थिति थियो ।
त्यसैगरी स्ववियु तथा युवा रेडक्रसका वर्तमान तथा पूर्व पदाधिकारी, व्यवस्थापन विद्यार्थी सर्कलकी सचिव सबिना अधिकारी, बिबिए क्लबका सचिव महोम्मद नेमतुला, आदिकवि नेपाली सिर्जनशील मञ्चकी अध्यक्ष लक्ष्मी लोहनी, अंग्रेजी विद्यार्थी समाजका अध्यक्ष इमान मल्ल, म्याथ विद्यार्थी सर्कलकी अध्यक्ष वर्षा गुरुङ, एबिआइटी क्लबका अध्यक्ष विवश रानाभाटलगायत सर्कलका पदाधिकारी र विद्यार्थीहरूको कार्यक्रममा सहभागिता थियो । सर्कलका अध्यक्ष सुमन खड्काको अध्यक्षतामा सम्पन्न उक्त समारोहमा कोषाध्यक्ष रोशन ओझाले स्वागत मन्तव्य राखेका थिए भने कार्यक्रमको सञ्चालन सचिव मौसमी थापाले गरेकी थिइन् ।








सरकारको १०० दिन : फजुल खर्च र सुशासनमा निर्मम, चुनाव गराउन प्रतिबद्ध
चुनाव आउन ७५ दिन बाँकी : देशभर १० हजार ९६७ मतदान स्थल कायम, १६८ थपिए
पुसमा विवाहको झल्को : लेखनाथ महोत्सवमा यसरी गुञ्जियो रत्यौली
एमालेको काँधमा देशको जिम्मेवारी छ : अध्यक्ष ओली
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया