४ सय बालबालिकालाई शैक्षिक सामग्री र स्वेटर

पोखरा । चिल्ड्रेन नेपालले अन्तर्राष्ट्रिय बाल अधिकार दिवस २०२५ का अवसरमा ४ सय बालबालिकालाई शैक्षिक सामग्री तथा न्यानो स्वेटर वितरण गरेको छ । ‘मेरो दिन, मेरो अधिकार’ भन्ने अन्तर्राष्ट्रिय र ‘बालबालिकामा लगानीः सुनिश्चित भविष्यको थालनी’ भन्ने राष्ट्रिय नारालाई सार्थक तुल्याउँदै संस्थाले बालबालिकालाई शैक्षिक सामग्री र न्यानो कपडा सहयोग गरेको हो ।
संस्थाले विभिन्न कार्यक्रममार्फत ४ सय बालबालिकालाई शैक्षिक सामग्री तथा न्यानो स्वेटर वितरण गर्दै आएको जनाएको छ । पोखरामा आयोजित विशेष समारोहमा भने श्रीकृष्ण मावि, जनप्रिय मावि, श्रीराम आधारभूत विद्यालय र धर्मस्थली आधारभूत विद्यालयमा अध्ययनरत ५२ जना बालबालिकाको सहभागिता थियो । संस्थाकी अध्यक्ष शान्त पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बालबालिकालाई सामग्री हस्तान्तरण गरिएको थियो ।
कार्यक्रममा कार्यकारी निर्देशक डिल्ली प्रसाद शर्माले स्वागत मन्तव्य राख्दै संस्थाले बाल अधिकार र शिक्षाको क्षेत्रमा पु¥याउँदै आएको योगदानबारे प्रकाश पारे । कार्यक्रमका प्रमुख अतिथि पोखरा महानगरपालिका वडा नम्बर ७ का अध्यक्ष राममोहन आचार्यले बालबालिकाको कल्याणमा चिल्ड्रेन नेपालले गरेको कामको सम्मान गर्दै बालबालिकामा लगानी गर्ने राष्ट्रिय नारालाई सफल पार्न स्थानीय सरकारका तर्फबाट सहकार्य र समन्वय गर्ने प्रतिबद्धता व्यक्त गरे ।
यसैगरी संस्थाका निवर्तमान अध्यक्ष एवं राष्ट्रिय बाल अधिकार परिषद्का सदस्य भीमलाल गुरुङले बाल अधिकारको कानुनी र व्यवहारिक कार्यान्वयन अपरिहार्य रहेको बताए । उनले बालबालिकाको भविष्य निर्माणमा साझा लगानीको महत्त्वलाई उजागर गर्दै राष्ट्रिय नारालाई सार्थक तुल्याउन थप ऊर्जा मिलेको धारणा राखे । सिर्जनशील बाल स्वावलम्बन समूहकी सचिव क्यारिस्का नेपालीले बालबालिकाको आवाज र सहभागिताको अधिकार सुनिश्चित गर्नुपर्ने कुरामा जोड दिइन् । उनले भनिन्, ‘संस्थाको साथ र सहयोगले बालबालिकाले विद्यालय निरन्तरता र क्षमता विकासका अवसर प्राप्त गर्न सफल भएका छौँ ।’
कार्यक्रममा संस्थाका उपाध्यक्ष विजयकुमार कार्की, श्रीकृष्ण माविका प्रधानाध्यापक प्रेम चपाईं लगायतको उपस्थिति रहेको थियो । सहभागी सबैले बालबालिकालाई शैक्षिक सामग्री तथा न्यानो स्वेटर वितरण गर्दै शुभकामना व्यक्त गरेका थिए । कार्यक्रम संयोजक रमेश सुवेदीले सञ्चालन गरेको उक्त समारोहको अन्त्यमा अध्यक्ष पौडेलले कार्यक्रम सफल बनाउन सहयोग गर्ने सम्पूर्ण अतिथि, विद्यालयका प्रधानाध्यापक र सहभागीहरूलाई धन्यवाद दिँदै कार्यक्रम समापन गरेका थिए ।








कास्कीमा थपिए १७ हजार ७८६ मतदाता
गण्डकी विश्वविद्यालयमा कानूनी प्रशिक्षण
एउटा कर्मचारीको भरमा बलेवा विमानस्थल
मुस्ताङमा ६२ करोड बढीको आलु बिक्री
पोखरामा प्रहरी कल्याण कोष पेट्रोल पम्पको उद्घाटन
खुमा अर्याल फाउन्डेसनको सातौं साधारणसभा, सामाजिक कार्यमा सहकार्यको आह्वान
प्रदेश सांसदका स्वकीयको तलब दिन छाडियो
राष्ट्रिय वाणिज्य बैंकको फ्ल्याट भाडामा लिँदै पोखरा महानगर
तपाईको प्रतिक्रिया