आँबुखैरेनी महोत्सव सुरु

समाधान संवाददाता २०७५ माघ १८ गते ११:०३

समाधान संवाददाता
दमौली

नेपाल आदिवासी जनजाति महासंघ आँबुखैरेनी गाउँ समन्वय परिषद्को आयोजनामा बिहीबारदेखि प्रथम आँबुखैरेनी महोत्सव सुरु भएको छ । ‘अमूल्य भाषा, संस्कार, संस्कृति सबै जातिको पहिचान, संरक्षण गर्ने आदिवासीको अभियान’ भन्ने नाराका साथ सुरु भएको महोत्सवको उद्घाटन गर्दै गण्डकी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री हरिबहादुर चुमानले संस्कृतिलाई आयआर्जनसँग जोड्नुपर्ने बताए ।

आदिवासी जनजाति संस्कृतिको धनी रहेको चर्चा गर्दै मन्त्री चुमानले कला र संस्कृतिलाई आयआर्जनको माध्यम बनाउनुपर्ने बताए । उनले भने, ‘महोत्सवमा मनोरञ्जन सहायक पाटो हो । पहिलो पाटो भनेको त संस्कृति संरक्षण नै हो ।’ उनले मेला महोत्सवलाई आयआर्जनको बाटो बनाउन नहुनेमासमेत आग्रह गरे ।

Advertisement

गण्डकी प्रदेश सांसद सरिता गुरुङ, आँबुखैरेनी गाउँपालिकाका अध्यक्ष गिरबहादुर थापा, नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद् तनहुँका अध्यक्ष बसुन्धरा घर्ती लगायतले महोत्सवमा उद्देश्य सफल हुनु पर्नेमा जोड दिए ।

महोत्सव मूल समारोह समितिका संयोजक रेशम भुजेलले आदिवासी जनजाति समुदायको संग्र्रहालय भवन निर्माणको लागि आर्थिक संकलन गर्ने उद्देश्यले महोत्सव गरिएको बताए । माघ २७ गतेसम्म सञ्चालन हुने महोत्सवमा १ सय ४६ स्टल छन् । १ लाख दर्शकले अवलोकन गर्ने महोत्सवमा २ करोड भन्दा बढीको आर्थिक कारोबार हुने आयोजकको अनुमान छ ।

Advertisement

महोत्सवमा राष्ट्रिय तथा स्थानीय कलाकारको प्रस्तुति, स्थानीय आदिवासी जनजातिको संस्कृति, आदिवासी जनजातिको नमुना घर, खानाका परिकार, भेषभूषा, धार्मिक एवं पर्यटकीय स्थलको अवलोकन, कौरा प्रतियोगिता, रमाइलो मेला, बाल उद्यान, भलिबल प्रतियोगिता आकर्षणका रुपमा छ ।

तपाईको प्रतिक्रिया