आँधीखोलाका किसानलाई दूधमा प्रतिलिटर ४ रुपैयाँ अनुदान

स्याङ्जा । आँधीखोला गाउँपालिकाले दूधमा प्रतिलिटर ४ रुपैयाँ अनुदान दिने भएको छ । पालिकाले बाङसिङ साना कृषि सहकारी संस्था लिमिटेडसँग सहकार्य गर्दै दुग्ध उत्पादक किसानलाई उत्पादनमा आधारित अनुदान दिने तयारी गरेको हो ।
सहकारीले दुध उत्पादन गरी संकलन केन्द्रमा जम्मा गर्ने र सोही तथ्यांकका आधारमा पालिकाले अनुदान उपलब्ध गराउने छ । सहकारीले बजारीकरण गर्ने गरी दुध संकलन केन्द्र सञ्चालनमा ल्याएको छ भने पालिकाले ६ वटा वडाबाट हरेक दिन दुध संकलन गर्न थालेको छ ।
गाउँपालिकाका अध्यक्ष विश्व पौडेलका अनुसार सहकारीले आवश्यकताअनुसार पोखरामा छुट्टै बिक्री कक्ष सञ्चालन गर्ने तयारी गरेको छ । दुध संकलन केन्द्र स्थापनासँगै किसान व्यवसायप्रति थप आकर्षित भएको पौडेलले बताए । ‘गाउँमै उत्पादन भएको दुध गाउँमै बिक्री हुँदा किसानलाई ठुलो राहत हुन्छ’, अध्यक्ष पौडेलले भने, ‘संकलन केन्द्र सञ्चालनमा आएपछि किसान बिचौलियाबाट ठगिने प्रवृत्ति घट्छ, उत्पादन, प्रशोधन र बजार विस्तारमा सहकारीले महत्त्वपूर्ण भूमिका खेल्नेछ ।’
गाउँमै उत्पादन हुने दुध एकै ठाउँमा संकलन र वितरण गरेसँगै किसानलाई बेचबिखनको झन्झट कम हुने र आम्दानी बढ्ने विश्वास पालिकाको छ । यस प्रयोजनका लागि पालिकाले ५ हजार लिटर क्षमता भएको चिलिमे भ्याट, ५ वटा मिल्क एनालाइजर, ५ वटा डिप फ्रिज र ५० वटा दुध संकलन गर्ने क्यान उपलब्ध गराएको छ ।









ध्रुव माविको वार्षिकोत्सव
जल्धारे सहकारीको स्थापना दिवसमा २६ जना डाक्टर सम्मानित
मुलुकमा निर्वाचनको वातावरण बनेको छः सञ्चारमन्त्री खरेल
मेला महोत्सवमा आकर्षण बन्दै ‘झाँक्री नाच’
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया