माइडियाको २ हजार वाटको पिटिसी सेरामिक हिटर

काठमाडौं । अन्तर्राष्ट्रिय होमअप्लायन्स ब्रान्ड माइडियाले नेपाली बजारमा आफ्नो नयाँ २ हजार वाटको पिटिसी सेरामिक हिटर (मोडेलः एनटिएच२०–२२एफआर) सार्वजनिक गरेको छ । जाडो मौसमलाई लक्षित गर्दै कम्पनीले आधुनिक प्रविधियुक्त हिटर बजारमा ल्याएको हो । नेपालमा माइडिया ब्रान्डका उत्पादनहरूको आधिकारिक बिक्री तथा वितरण सिजी इलेक्ट्रोनिक्स मार्फत हुँदै आएको छ र यो नयाँ हिटर पनि सोही वितरण सञ्जालमार्फत उपभोक्तामाझ ल्याइएको हो ।
कम्पनीका अनुसार यस हिटरमा अत्याधुनिक ‘पिटिसी सेरामिक हिटर टेक्नोलोजी’ प्रयोग गरिएको छ । सुरक्षालाई प्राथमिकतामा राख्दै यस मोडेलमा ‘ओभरहिट प्रोटेक्सन’ तथा ‘टिप–ओभर प्रोटेक्सन’ जस्ता विशेषता समावेश गरिएको छ । यी विशेषताले हिटरको तापक्रम अत्यधिक बढेमा वा हिटर ढल्किएको अवस्थामा स्वतः बन्द भई सम्भावित दुर्घटनाबाट सुरक्षा प्रदान गर्छन् ।
प्रयोगकर्ताको सहजताका लागि हिटरमा ‘मल्टिपल टेम्प्रेचर सेलेक्सन’ सुविधा दिइएको छ, जसले आवश्यकता अनुसार कोठाको तापमान मिलाउन मद्दत गर्छ । साथै यसमा ‘वाइड एंगल ओसिलेसन’ फिचर रहेको छ, जसले तातो हावालाई कोठाको फराकिलो हिस्सामा प्रवाह गर्न सहयोग पु¥याउँछ । समय सेट गरेर ढुक्कले प्रयोग गर्न सकिने गरी यसमा २४ घण्टाको टाइमर सुविधा पनि राखिएको छ । बिजुली खपत कम गर्नका लागि यसमा ‘इनर्जी सेभिङ’ प्रविधिको रूपमा ‘इको मोड सेटिङ’ उपलब्ध गराइएको छ ।
यो हिटरलाई अझ सुविधाजनक बनाउन रिमोट कन्ट्रोलको व्यवस्था पनि गरिएको छ । यसले गर्दा प्रयोगकर्ताले टाढैबाट हिटरका सबै सेटिङहरू सहज रूपमा नियन्त्रण गर्न सक्छन् । हेर्दा आकर्षक देखिने यस उपकरणमा ‘डिजिटल एलइडी डिस्प्ले’ रहेको छ । कम्पनीले यसलाई ‘इजी टु क्यारी’ अर्थात् बोक्न सजिलो भनेर चिनाएको छ, जसले यो हिटर पोर्टेबल र हल्का डिजाइनमा रहेको पुष्टि गर्छ ।
माइडियाको यो नयाँ पिटिसी सेरामिक हिटर नेपालभरका सिजी डिजिटल शोरुमहरू, सिजी इलेक्ट्रोनिक्सका डिलर नेटवर्क तथा प्रमुख ई–कमर्स प्लेटफर्महरू मार्फत बिक्री सुरु भइसकेको छ । माइडियाका गिजर तथा हिटिङ उत्पादनहरूमा भाग र मोडेल हेरी दीर्घकालीन वारेन्टी उपलब्ध रहेको कम्पनीले जनाएको छ । साथै सबै उत्पादनहरू अन्तर्राष्ट्रिय सुरक्षा मापदण्ड अनुसार तयार पारिएको कम्पनीको दाबी छ ।






कास्कीमा थपिए १७ हजार ७८६ मतदाता
गण्डकी विश्वविद्यालयमा कानूनी प्रशिक्षण
एउटा कर्मचारीको भरमा बलेवा विमानस्थल
मुस्ताङमा ६२ करोड बढीको आलु बिक्री
पोखरामा प्रहरी कल्याण कोष पेट्रोल पम्पको उद्घाटन
खुमा अर्याल फाउन्डेसनको सातौं साधारणसभा, सामाजिक कार्यमा सहकार्यको आह्वान
प्रदेश सांसदका स्वकीयको तलब दिन छाडियो
राष्ट्रिय वाणिज्य बैंकको फ्ल्याट भाडामा लिँदै पोखरा महानगर
तपाईको प्रतिक्रिया