गण्डकी विश्वविद्यालयमा कानूनी प्रशिक्षण

पोखरा ।
गण्डकी विश्वविद्यालय अन्तर्गत सञ्चालित बीए एलएलबी कार्यक्रमको आयोजनामा कानूनी प्रशिक्षण कार्यक्रम भएको छ । कार्यक्रम कानून तथा व्यवस्थापन संकायका डीन प्रा हेमराज गिरीको सभापतित्वमा भएको हो ।
गण्डकी प्रदेशका मुख्य न्यायाधिवक्ता तथा वरिष्ठ अधिवक्ता चिरञ्जीवी शर्माले विद्यार्थीलाई प्रशिक्षण दिएका थिए । उनले संघीय प्रणाली, प्रदेश सरकारको औचित्य र विधिको शासनमा मुख्य न्यायाधिवक्ताको भूमिकाबारे विस्तृत प्रस्तुति प्रदान गरे । मुख्य न्यायाधिवक्ता शर्माको प्रस्तुति अत्यन्त रोचक, व्यवहारिक र अनुभवसम्पन्न रहेको सहभागीहरूले प्रतिक्रिया जनाए ।
विश्वविद्यालयका निमित्त उपकुलपति तथा रजिस्ट्रार डा कैलाश तिमिल्सिनाले विद्यार्थीहरु सकारात्मक सोच, नेतृत्व क्षमता र सक्रिय सहभागीका कारण सदैव अग्रसर रहेको बताउँदै हौसला प्रदान गरे ।
उनले मुख्य न्यायाधिवक्ताजस्तो अनुभवी र सम्मानित व्यक्तित्वले प्रशिक्षण प्रदान गर्नु विश्वविद्यालयका लागि गौरवको विषय भएको उल्लेख गरे ।
डीन प्रा गिरीले कानून अध्ययनमा व्यवहारिक ज्ञान अत्यन्त महत्वपूर्ण हुने भन्दै यस्ता प्रशिक्षणले विद्यार्थीहरूलाई पेशागत मार्गचित्र निर्माणमा सहयोग पुर्याउने बताए ।
कार्यक्रममा सह–न्यायाधिवक्ता विपना भण्डारी, कार्यक्रम संयोजक अधिवक्ता रविकुमार सिलवाल विद्यार्थी सुमिका गौतम, मनोज सुवेदी लगायतले बोलेका थिए ।








‘लैंगिक हिंसामुक्त समाज निर्माण सबैको साझा जिम्मेवारी’
गण्डकीमा हिमाल आरोहणको आकर्षण अझै बढ्न सकेन
कास्कीमा थपिए १७ हजार ७८६ मतदाता
गण्डकी विश्वविद्यालयमा कानूनी प्रशिक्षण
पोखरामा प्रहरी कल्याण कोष पेट्रोल पम्पको उद्घाटन
प्रदेश सांसदका स्वकीयको तलब दिन छाडियो
राष्ट्रिय वाणिज्य बैंकको फ्ल्याट भाडामा लिँदै पोखरा महानगर
पोखरामा ड्युटीमा खटिएका प्रहरी हवल्दारको मृत्यु
तपाईको प्रतिक्रिया