आजदेखि बन्दीपुर महोत्सव

समाधान संवाददाता २०८२ मंसिर १० गते १२:००

दमौली ।

Advertisement

पर्यटन प्रवर्द्धनको उद्देश्यका साथ तनहुँ उद्योग वाणिज्य सङ्घको आयोजनामा पर्यटकीय नगर बन्दीपुरमा आजदेखि बन्दीपुर महोत्सव हुँदैछ ।

‘उद्योग, व्यापार, पर्यटन र कृषिको प्रवर्द्धन : स्थानीय कला र संस्कृतिको संरक्षण’ नाराका साथ बन्दीपुर गाउँपालिका–४ टुँडिखेलमा यही मङ्सिर २१ गतेसम्म महोत्सव सञ्चालन हुनेछ । 


महोत्सव दुई लाख पर्यटकले अवलोकन गर्ने र त्यहाँ रु पाँच करोडबराबरको कारोबार हुने अनुमान गरिएको उद्योग वाणिज्य सङ्घ  डुम्रे एकाइ सभापति घनश्याम उपाध्यायले बताए । 

महोत्सवमा आउने पर्यटकलाई खड्गदेवी मन्दिर, पहाडपानी महादेव, विन्ध्यवासिनी, थानीमाई, महालक्ष्मी, चामुण्डामाई, भुत्याहा बराहा, सन्तानेश्वर महादेव, मणिमुकुन्द सेन दरबार, टुँडिखेल, रानीवनको भ्रमण गराइने उाले जानकारी दिए । 

त्यसैगरी, महोत्सवमा सहासिक पर्यटन खेल, चट्टान आरोहण, प्याराग्लाइडिङ, सेती जलयात्रा र साइक्लिङिको व्यवस्था गरिएको छ । महोत्सवमा घरेलु तथा हस्तकला, कृषि उपज, सेवामूलक संस्था, होटल रेष्टुराँ, सूचना केन्द्र र सवारीसाधनका प्रदर्शनी एवं बिक्रीकक्ष रहने छन् । 

Advertisement

तपाईको प्रतिक्रिया