पृथ्वीनारायण क्याम्पसको भौतिकशास्त्र विभागमा अनुसन्धान कार्यशाला

पोखरा ।
पृथ्वीनारायण क्याम्पसको भौतिकशास्त्र विभागले ‘फ्रम आइडियाज टु ड्राफ्ट’ शीर्षकको दुई दिने ‘रिसर्च ट्रेनिङ एन्ड वर्कसप’ कार्यक्रम सम्पन्न गरेको छ । मंसिर ६ र ७ गते सञ्चालित उक्त कार्यक्रम विशेष गरी बिएससी प्रोजेक्ट स्टुडेन्ट्स र एमएससी थेसिस स्टुडेन्ट्सलाई ‘प्रपोजल राइटिङ’, ‘रिसर्च मेथड्स’, ‘रिपोर्ट प्रिपरेसन’ र ‘जर्नल आर्टिकल प्रिपरेसन’ सम्बन्धी प्राविधिक सीप प्रदान गर्न केन्द्रित थियो । प्रशिक्षणमा करिब ८५ जना विद्यार्थीको सक्रिय सहभागिता थियो ।
कार्यक्रम विभिन्न प्राविधिक प्रशिक्षण सत्र अर्थात् ‘टेक्निकल सेसन’ मा विभाजित थियो । विभागका सदस्यहरू सहप्राध्यापक परशुराम पौडेल, सहप्राध्यापक डा. कपिल अधिकारी, उपप्राध्यापक डा. खड्कबहादुर क्षेत्री, उपप्राध्यापक डा. जीवन रेग्मी र उपप्राध्यापक डा. बाबुराम शर्माले आन्तरिक स्रोत व्यक्तिका रूपमा प्रशिक्षण दिएका थिए ।
त्यस्तै, आमन्त्रित स्रोत व्यक्तिका रूपमा रसायनशास्त्र विभागका उपप्राध्यापक डा. रामजीवन यादव, जिपिएएसटीका पूर्व कार्यकारी निर्देशक डा. ढाकाराम भण्डारी र पोखरा विश्वविद्यालय अनुसन्धान केन्द्रका पूर्व कार्यकारी निर्देशक सहप्राध्यापक डा. नमराज धामीले शैक्षिक सुझाव तथा मार्गदर्शन प्रदान गरेका थिए ।
कार्यक्रमको पहिलो दिन सहप्राध्यापक परशुराम पौडेलले ‘लेभल–वाइज रिसर्च फरम्याट्स एन्ड अब्जेक्टिभ्स’ विषयमा र उपप्राध्यापक डा. जीवन रेग्मीले ‘प्रपोजल राइटिङ एन्ड रिपोर्ट कम्पोनेन्ट्स’ विषयमा प्रशिक्षण दिए । सहप्राध्यापक डा. कपिल अधिकारीले ‘इन्ट्रोडक्सन, लिटरेचर रिभ्यु, रिफरेन्सिङ एन्ड रिसर्च ग्याप आइडेन्टिफिकेसन’ विषयमा प्रस्तुति दिएका थिए । छोटो विश्रामपछि विभागीय प्रमुख डा. खड्कबहादुर क्षेत्रीले ‘रिसर्च मेथोडोलोजी’ मा केन्द्रित रही प्रशिक्षण सञ्चालन गरे ।
जिपिएएसटीका पूर्व कार्यकारी निर्देशक डा. ढाकाराम भण्डारीले ‘रिजल्ट्स, डिस्कसन, कन्क्लुजन एन्ड एब्सट्र्याक्ट राइटिङ’ मा व्यावहारिक दृष्टिकोण प्रस्तुत गरे भने उपप्राध्यापक डा. बाबुराम शर्माले ‘रिपोर्ट राइटिङ’ मा प्रस्तुति दिएका थिए ।
दोस्रो दिन उपप्राध्यापक डा. रामजीवन यादवले ‘इन्टरडिसिप्लिनरी रिसर्चेज’ विषयमा प्रशिक्षण दिए । यसबाट सहभागीहरूले ‘साइन्स निड्स कोलाब्रेसन’ भन्ने विषय बोध गरेको जनाइएको छ । त्यसपछि सहप्राध्यापक डा. नमराज धामीले ‘जर्नल आर्टिकल राइटिङ, जर्नल सेलेक्सन एन्ड प्लेजियारिजम अवेरनेस’ मा विस्तृत प्रशिक्षण दिए । यसले विद्यार्थीमा जर्नल आर्टिकल पब्लिकेसनसम्बन्धी आत्मविश्वास जगाएको थियो ।
कार्यक्रमको समापन सत्र विभागीय प्रमुख डा. खड्कबहादुर क्षेत्रीको अध्यक्षतामा सम्पन्न भयो । सो अवसरमा प्रमुख अतिथि सहायक क्याम्पस प्रमुख डा. विजयबहादुर थापा, स्रोत व्यक्तिहरू, विभागका सदस्य तथा विद्यार्थीहरूको उपस्थिति रहेको थियो ।
विद्यार्थीहरूले आफूहरू कार्यक्रमबाट लाभान्वित भएको अनुभव सुनाए । अन्त्यमा फिजिक्स रिसर्च कमिटी संयोजक डा. रेग्मीले कार्यक्रमको उपलब्धिको चर्चा गरे भने विभागीय प्रमुख डा. क्षेत्रीले विभागको आगामी लक्ष्यसहित कार्यक्रम समापन गरेका थिए ।
विभागको ‘फिजिक्स रिसर्च कमिटी’ (पिआरसी) संयोजक डा. जीवन रेग्मीको अध्यक्षतामा सुरु भएको कार्यक्रमको उद्घाटन क्याम्पस प्रमुख प्रा.डा. हरिप्रसाद पाठकले गरे । कार्यक्रममा सहायक क्याम्पस प्रमुख डा. विजयबहादुर थापा, क्युएए/इएमआइएस युनिट संयोजक उपप्राध्यापक अमृतकुमार भण्डारी, पूर्व सहायक क्याम्पस प्रमुख उपप्राध्यापक मीनराज लम्साललगायत विभागका प्राध्यापक तथा कर्मचारीहरू उपस्थित थिए । कार्यक्रमको सञ्चालन उपप्राध्यापक श्रीकान्त सुवेदीले गरेका थिए ।
र ‘पब्लिकेसन’ सम्बन्धी ज्ञानलाई सुदृढ बनाएको विभागले जनाएको छ ।









सिमसार संरक्षणका लागि डेढ दर्जन कानुन र नीति
पोखरा उद्योग वाणिज्य संघका पूर्वमहासचिव अर्जुन पोखरेललाई मातृशोक
सडक महोत्सवको ‘न्यूइयर इभ’ मा आस्मा र एक्स नेपथ्यले तताउने
बचत सुरक्षामा शुभम सहकारीको जोड
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
तपाईको प्रतिक्रिया