त्रिवि च्याप्टर चाँडै पोखरामा

पोखरा ।
पोखरामा पनि त्रिभुवन विश्वविद्यालय (त्रिवि)को पठनपाठन सुरु हुने भएको छ । विश्वविद्यालयका उपकुलपति प्राडा दीपक अर्यालले बुधबार प्रस्तुत गरेको नीति तथा कार्यक्रममा यस्तो उल्लेख छ ।
गण्डकी प्रदेश र त्यसको सेरोफेरोलाई पनि हुने गरी यस वर्ष पोखरामा सो विश्वविद्यालयको पठनपाठन हुने गरी पोखरामा त्रिविको च्याप्टर स्थापना गर्न लागिएको उनले बताए । ‘यस पटकको नीति तथा कार्यक्रममा पोखरालाई प्रादेशिक च्याप्टरको रुपमा एउटा टियु च्याप्टर गण्डकी प्रदेश र सेरोफेरो कतिलाई छुन सक्छ । अर्को हप्तामा हामी स्थलगत निरीक्षणमा गएर त्यहाँ कति वटा क्याम्पसहरू रहेका छन् ? कतिलाई ओगट्न सकिन्छ ? त्यो क्षेत्रमा विद्यार्थीले पाउने सुविधा काठमाडौं आउन नपर्ने गरी कति भौतिक पूर्वाधार चाहिन्छ ?,’ उनले भने ।
उनले त्रिविको पठनपाठनका लागि काठमाडौंमा नै आउनुपर्ने बाध्यात्मक अवस्थालाई अन्त्य गर्न पनि पोखरामा त्यसको च्याप्टर तत्काल स्थापना गर्न लाग्ने र सबै प्रदेशमा त्यसलाई सञ्चालनमा ल्याउने नीति तथा कार्यक्रम रहेको स्पष्ट पारे । त्रिवि पुनर्संरचना गर्ने सरकारको नीति अनुसार सो काम गर्न लागिएको पनि उपकुलपति अर्यालले बताए ।
‘एउटा आधार बनाएर एकदमै चाँडो हुने गरी भइरहेको बिल्डिङले नभएर अर्को बिल्डिङ बनाएर भए पनि विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष स्वयम हामीसँग जाँदै हुनुहुन्छ,’ उनले भने, ‘एउटा च्याप्टर हामी टुंग्याउँछौं । त्यो एक्सरसाइजलाई अन्य प्रदेशहरूमा पनि सात वटै प्रदेशमा विस्तार गर्दै लैजान्छौं । सो विश्वविद्यालयको नीति तथा कार्यक्रममा जीर्ण रहेका भौतिक पूर्वाधार निर्माणमा जोड दिने, विश्वविद्यालयको अनुसन्धान विभागहरुलाई प्रभावकारी रुपमा अघि बढाउने पनि उल्लेख गरिएको छ ।









पोखरामा रनिङ शिल्ड र मेयर कपको चटारो: पदक जित्न विद्यार्थीबिच तीव्र प्रतिष्पर्धा
पोखराको सुन्तला ब्रान्डिङ गर्न हर्राबोटमा महोत्सव, किसानलाई प्रतिकिलो १० रुपैयाँ अनुदान
महाकालेश्वर मार्ग टोल विकासको अध्यक्षमा हेमराज चालिसे
कफी उत्पादक संघ कास्कीको १८ औं साधारणसभा: युवालाई गाउँमै रोक्न उत्पादनमा जोड
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
तपाईको प्रतिक्रिया