नयाँ एलजी एआई टिभी सार्वजनिक

काठमाडौं ।
उपभोक्ता इलेक्ट्रोनिक्सको क्षेत्रमा अग्रणी ब्रान्ड एलजी नेपालले ‘अफेक्सनेट इन्टेलिजेन्स’ को दर्शनमा आधारित नयाँ पुस्ताको एलजी एआई टिभी सार्वजनिक गरेको छ । एलजीको अत्याधुनिक अल्फा एआई प्रोसेसर जेन २ द्वारा सञ्चालित यो टिभीले प्रयोगकर्ताको व्यवहार सिक्ने, बुझ्ने र आत्मसाथ गर्ने क्षमता मार्फत व्यक्तिगत अनुभवलाई नयाँ उचाइमा पु¥याउने उद्देश्य राखेको छ ।
तपाईंलाई बुझ्ने र तपाईंका लागि सोच्ने स्मार्ट टिभीका रूपमा बजारमा आएको यो नयाँ एलजी एआई टिभीले रियल टाइममै प्रयोगकर्ताको रुचि, हेर्ने बानी र वरपरको वातावरण विश्लेषण गरी इमेज तथा ध्वनिको गुणस्तर अटोमेटिक रूपमा अनुकूलन गर्छ । दैनिक जीवनका नियमित कामदेखि लिएर मनोरञ्जनको अनुभवसम्म यस टिभीले प्रत्येक घरमा अझै स्मार्ट, सहज र सहजै अनुकूलित जीवनशैली प्रदान गर्ने कम्पनीले जनाएको छ ।
नयाँ एलजी एआई टिभी सिरिजले प्रयोगकर्ताको सुविधा, रुचि र व्यक्तिगत अनुभवलाई केन्द्रमा राख्दै विभिन्न एआईमा आधारित विशेषताहरू प्रस्तुत गरेको छ । यसमा एआई च्याटबोटमार्फत प्राकृतिक संवाद गरी छिटो सहायता लिन सकिनेछ भने एआई कन्सियर्सले प्रयोगकर्ताको रुचि अनुसार सामग्री तथा जीवनशैलीबारे सुझाव दिनेछ । त्यस्तै, यसमा रहेको एआई पिक्चर विजार्डले दृश्यअनुसार अटोमेटिक इमेज अनुकूलन गर्नेछ भने एआई साउन्ड विजार्डले घरको वातावरण तथा सामग्रीअनुसार ध्वनिको प्रिमियम सेटिङ मिलाउनेछ ।
साथै, छिटो र प्रभावकारी सामग्री खोजका लागि एआई सर्च र प्रत्येक प्रयोगकर्तालाई विशेष व्यक्तिगत कमान्ड र प्रोफाइल व्यवस्थापन गर्न एआई भोइस आईडीजस्ता फिचरहरू उपलब्ध छन् । यी फिचरहरूले स्मार्ट टिभीको धारणा नै बदल्दै घरमा इम्पेथेटिक, एडप्टिभ र इन्ट्युटिभ अनुभव प्रदान गर्ने विश्वास कम्पनीले लिएको छ ।
एलजी एआई टिभी नेपालमा एलजी ओएलइडी इभो एआई, एलजी क्युएनइडी एआई, एलजी नानोसेल एआई र एलजी युएचडी एआई गरी चार प्रिमियम सिरिजहरूमा उपलब्ध हुनेछन् । प्रत्येक मोडलमा एलजीको अत्याधुनिक एआई क्षमता, उत्कृष्ट डिस्प्ले गुणस्तर र विस्तृत साइज तथा मूल्य सिरिज उपलब्ध रहेकाले यसले हरेक नेपाली परिवारको आवश्यकतालाई पूरा गर्नेछ ।
एलजीका मार्केटिङ र ब्रान्ड प्रमुख मुकेशकुमार बैठाले एलजी एआई टिभीको आगमनसँगै नेपालमा इन्टेलिजेन्ट मनोरञ्जन प्रविधिको नयाँ युग आरम्भ भएको बताए । उनले भने, ‘यो प्रविधि प्रयोगकर्तालाई बुझ्ने मात्र होइन, उनीहरूसँगै विकसित हुँदै जीवनशैलीमा सार्थक परिवर्तन ल्याउने क्षमतासहित डिजाइन गरिएको छ ।’
उनले नेपालमा विश्वस्तरीय नवप्रवर्तन प्रस्तुत गर्न पाउँदा उत्साहित भएको र स्मार्ट, कनेक्टेड लिभिङको क्षेत्रमा नयाँ मापदण्ड स्थापित गर्ने लक्ष्य राखेको समेत उल्लेख गरे ।
नयाँ एलजी एआई टिभी सिरिज अहिले नेपालभर रहेका सबै आधिकारिक एलजी शोरुम तथा रिटेल पार्टनरहरूमा उपलब्ध छ । ग्राहकहरूले नजिकको शोरुममा गई प्रत्यक्ष डेमो तथा एआई फिचरहरूको अनुभव लिन सक्नेछन् । विगत ४० वर्षदेखि एलजी नेपाल नेपाली उपभोक्तामाझ विश्वासिलो नामको रूपमा स्थापित छ ।








नेकपाको पोखरामा एकता सन्देश सभा
मुस्ताङमा सुरु भयो ‘हिमालको रानी’ हिउँ चितुवाको गणना र अध्ययन
गुप्तेश्वर महादेव बहुमुखी क्याम्पसमा पुस्तकालय निर्माण
पोखरामा प्रहरी कल्याण कोष पेट्रोल पम्पको उद्घाटन
मुक्तिनाथ विकास बैंक अब वाणिज्य बैंक बन्ने, सेयरधनीलाई १८.२०% लाभांश
एउटा रोमाञ्चक यात्रा : अन्नपूर्ण नर्थ
पोखरामा एमालेले र्याली निकाल्ने
तपाईको प्रतिक्रिया