ग्यालेक्सी हस्पिटलकाे औपचारिक सेवा सुरु

समाधान संवाददाता
पोखरा
ग्यालेक्सी हस्पिटल प्रालिले बुधबारबाट औपचारिक रुपमा सेवा सुरुआत गरेको छ । पोखराका अनुभवी चिकित्सक तथा प्रतिष्ठित व्यक्तित्वबाट प्रवद्र्धित एवं सञ्चालित ग्यालेक्सीले आधुनिक स्वास्थ्य प्रविधि उच्चतम प्रयोग गर्दै विशेषज्ञबाट सबै प्रकारका स्वास्थ्य सेवा उपलब्ध गराएको अध्यक्ष डा. हेमन्त मानन्धरले बताए ।
हस्पिटलले सुरुआतको अवसरमा सबै सेवामा ३० प्रतिशत छुट दिएको छ । पोखरा १० बुद्धचोकमा रहेको यस हस्पिटलमा २४ घण्टा एमर्जेन्सी सेवा, २ आधुनिक अपरेसन कक्ष, १४ ओपिडी, आधुनिक ल्याब, आइसियु, एनआइसियु, पिआइसियु र पोस्टअप कक्ष छन् । हस्पिटलमा बिहान ७ बजेदेखि बेलुका ७ बजेसम्म पूर्णकालीन विशेषज्ञले सेवा दिने छन् । बिना चिरफार (ल्याप्रोस्कोपिक) पेटसम्बन्धी रोगको शल्यक्रिया, हाडजोर्नी तथा नसासम्बन्धी शल्यक्रिया, आर्थोस्कोपिक शल्यक्रिया, न्युरो सर्जरी, बालरोग, प्रसूति तथा स्त्रीरोग, छाला तथा यौन रोग, नाक, कान, घाटी, मनोरोग लगायत सेवा उपलब्ध रहेको मेडिकल सुपरिटेन्डेन्ट डा. ऋषिराम ढकालले जानकारी दिए ।
हस्पिटलले सेवा प्रभावकारी बनाउन बिरामी, बिरामीका आफन्त र शुभेच्छुकसँग सुझाव, सल्लाह लिदै आधुनिक सेवा दिने प्रवन्ध निर्देशक दीपेन थापाले बताए । प्रर्याप्त पार्किङ सुविधा रहेको यस हस्पिटलको आफ्नै अत्याधुनिक ल्याब र फार्मेसी पनि छ ।









पत्रकार भरत कोइरालालाई निट पत्रकारिता पुरस्कार
एनपिएलः चार टोली च्याम्पियन बन्ने दौडमा
मानवसेवा आश्रमका २१ जिल्लामा ३० सेवा केन्द्र
पोखरा विमानस्थल भ्रष्टाचार प्रकरणमा पूर्वअर्थमन्त्री महतसहित ५५ जनाविरुद्ध मुद्दा चल्ने
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
भैरव मन्दिरमा कात्तिक २६ गतेबाट दर्शन र पूजा सुरु हुने
तपाईको प्रतिक्रिया