गुप्तेश्वर महादेव बहुमुखी क्याम्पसमा पुस्तकालय निर्माण

पोखरा ।
गुप्तेश्वर महादेव बहुमुखी क्याम्पसमा पुस्तकालय भवनको उद्घाटन गरिएको छ । विश्वविद्यालय अनुदान आयोग नेपालका अध्यक्ष प्राडा देवराज अधिकारीले भवनको उद्घाटन गरेका हुन् ।
अधिकारीले क्याम्पसमा सुविधा सम्पन्न पुस्तकालयको व्यवस्था रहेकाले खुसी भएको व्यक्त गरे । अहिले शिक्षामा आधुनिक तवरले अध्ययन गर्ने अवसर प्राप्त भएकाले त्यस्ता अवसरहरुलाई प्रयोग गर्न विद्यार्थीलाई प्रोत्साहन गरे । क्याम्पसले स्थापना पश्चात् छोटो समयमानै धेरै प्रगति भएको बताउँदै उनले नेपालको उच्चशिक्षालाई व्यवस्थित बनाउनका लागि विश्वविद्यालय अनुदान आयोग लागि परेको बताए ।
क्याम्पस सञ्चालक समितिका अध्यक्ष श्रीराम सुवेदीले गुणस्तरीय शिक्षाका लागि क्याम्पस सञ्चालक समिति सधैँ तत्पर रहने बताए । क्याम्पसको विकासमा विश्वविद्यालय अनुदान आयोग, गुप्तेश्वर महादेव गुफा व्यवस्थापन समिति, स्थानीय निकाय र सरोकारवालाहरुको महत्वपूर्ण भूमिका रहेको बताए ।
अध्यक्ष सुवेदीले समुदायसँग समन्वय गरी क्याम्पसलाई अगाडि बढाइरेकाे बताए । उनले क्याम्पसको विकासका लागि सहयाेग गर्ने संस्थापकहरु, पूर्व समितिहरु, गुफा व्यवस्थापन समिति, विश्वविद्यालय अनुदान आयोग, त्रिभुवन विश्वविद्यालय, विद्यार्थीहरु, शिक्षक तथा कर्मचारी लगाएत सम्पूर्ण सरोकारवालाहरुलाई धन्यवाद व्यक्त गरे ।
पोखरा महानगरपालिका वडा नं. १७ का अध्यक्ष राधिकाकुमारी शाहीले क्याम्पसका हरेक विकासका कार्यमा वडा कार्यालयले समन्वयात्मक भूमिका निर्वाह गर्दै आएको र अबका दिनमा पनी वडा कार्यालयले सहयोग गर्दै आउने कुरा राखिन् । उनले क्याम्पसले उच्चशिक्षामा पुर्याएको योगदानको चर्चा गरिन् ।
प्रमुख संरक्षक संस्था गुप्तेश्वर महादेव गुफा व्यवस्थापन समितिका अध्यक्ष लछुमण वास्तोलाले गुप्तेश्वर महादेव गुफा वि.सं. २०६४ मा क्याम्पस सञ्चालनको अवधारण ल्याई सञ्चालन गरेको क्याम्पस आज प्रगतिको पथमा अघि बढ्नु समग्र समाज र राष्ट्रका लागि गौरवको विषय रहेको बताए ।
क्याम्पस प्रमुख धर्मराज बरालले क्याम्पसको अनुसन्धान कार्यहरु, अध्यापन, सामाजिक उत्तरदायित्व, क्याम्पसका भौतिक पक्ष लगाएतका गतिविधि प्रस्तुत गरेका थिए ।
कार्यक्रममा स्वागत् मन्तव्य क्याम्पस सञ्चालक समितिका उपाध्यक्ष ऋतुनाथ लम्सालले राखेका थिए भने सहायक क्याम्पस प्रमुख मोहन भण्डारीले कार्यक्रम सञ्चालन गरेका थिए ।








नेकपाको पोखरामा एकता सन्देश सभा
मुस्ताङमा सुरु भयो ‘हिमालको रानी’ हिउँ चितुवाको गणना र अध्ययन
गुप्तेश्वर महादेव बहुमुखी क्याम्पसमा पुस्तकालय निर्माण
पोखरामा प्रहरी कल्याण कोष पेट्रोल पम्पको उद्घाटन
मुक्तिनाथ विकास बैंक अब वाणिज्य बैंक बन्ने, सेयरधनीलाई १८.२०% लाभांश
एउटा रोमाञ्चक यात्रा : अन्नपूर्ण नर्थ
पोखरामा एमालेले र्याली निकाल्ने
तपाईको प्रतिक्रिया